बागलुङ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ४० पुग्यो

बागलुङ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ४० पुग्यो
२०७८ भदौ १ गते मङ्गलबार ०८:०४

बुर्तिबाङ- बागलुङ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिले पनि ५ सय ४० रहेको छ । जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्र सबैभन्दा धेरै २ सय ४५ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जानकारी...

हालसम्म ६४ जनाले ज्यान गुमाए

बुर्तिबाङ- बागलुङ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिले पनि ५ सय ४० रहेको छ । जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्र सबैभन्दा धेरै २ सय ४५ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ ।

जिल्लाको गलकोट नगरपालिकामा १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । यो जिल्लाको दोस्रो बढि संक्रमित रहेको पालिका हो भने, बरेङ गाउँपालिका संक्रमित हुने संख्याको आधारमा तेस्रो स्थानमा रहेको छ । जहाँ ४३ जना कोरोना संक्रमित रहेका छन् । यस्तै काठेखोला गाउँपालिकामा ३१ जना, जैमिनि नगरपालिकामा २७ जना र ढोरपाटन नगरपालिकामा २३ जना सक्रिय संक्रमित रहेका छन् ।

बागलुङको बडिगाड गाउँपालिकामा १९ जना, ताराखोला गाउँपालिकामा १७ जना, निसीखोला गाउँपालिकामा ९ जना र तमानखोला गाउँपालिकामा सबैभन्दा थोरै ४ जना कोरोना संक्रमित रहेका छन् । अन्य जिल्लाबाट बागलुङका विभिन्न स्थानमा आइ बसेका १० जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कोरोना संक्रमित मध्ये, १७ जना कोभिड अस्पतालमा उपचाररत रहेका छन् । बाकी ५ सय २३ जना होम आइसोलेशनमा रहेका छन् । जिल्ला सदरमुकाम बागलुङमा होमआइसोलेशनमा रहेका कोभिड संक्रमितहरु खुलेयाम बजारमा हिडेको पाइएपछि, पछिल्लो समय प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आइसोलेशन भर्ना गरिदिएको छ ।

जिल्लामा बैशाख देखि यता ६ हजार ३३ जना कोरोना संक्रमणबाट विरामी भएका छन् । उनीहरु मध्ये ५ हजार ५ सय २० जना निकोभएर घर फर्केका छन् भने ६४ जनाले ज्यान गुमाएका छन् । बागलुङका १० वटै पालिकामा गरि ३२ हजार ५ सय ९० जनाको पिसिआर परीक्षण तथा ४ हजार ३ सय ६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । यसरी कोरोना परीक्षण गर्नेको कुल संख्या ३६ हजार ९ सय ५७ जना रहेको छ ।

आज मात्र बागलुङका थप २४ जना नयाँ संक्रमित थपिएको कोभिड फोकल पर्सन देव प्रकास घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति २०७८ भदौ १ गते मङ्गलबार ०८:०४
प्रतिक्रिया दिनुहोस्