ओली–नेपालको अहंकार र स्वार्थले एमाले पाटी फुटेको सांसद सापकोटाको दाबी

ओली–नेपालको अहंकार र स्वार्थले एमाले पाटी फुटेको सांसद सापकोटाको दाबी
२०७८ भदौ ३ गते बिहिबार ०७:०४

बागलुङ- नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले नेताहरूले स्वार्थलाई केन्द्रमा राख्दा पार्टी विभाजन हुन पुगेको बताउनुभएको छ ।एमालेकै माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता...

बागलुङ- नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले नेताहरूले स्वार्थलाई केन्द्रमा राख्दा पार्टी विभाजन हुन पुगेको बताउनुभएको छ ।एमालेकै माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता सापकोटाले पत्रकारलाई यस्तो प्रतिक्रिया दिनुभएको थियो ।

नेपाल समूहले नेकपा एमाले समाजवादी नाममा अर्को दल गठन भैसकेको छ । गण्डकी प्रदेशसभामा नेपालपक्षका भनेर चिनिएका सांसद सापकाटाले केपी ओली र माधव नेपालको व्यक्तिगत अहंकार र स्वार्थका कारण कम्युनिस्ट आन्दोलन धरापमा परेको दाबी समेत गर्नुभयोे । पार्टी विभाजन आफ्नो र आम एमाले कार्यकर्ताका लागि स्वीकार्य नभएको उहाँको भनाइ छ ।

‘हाम्रो केपी ओलीसँगको अन्तरसंघर्ष लोकतन्त्र र विधिका लागि थियो । नेकपा एमालेको स्थापना नेपाली जनताको आर्थिक समृद्धि र समाजवादका लागि थियो । मूल नेतृत्वले यसलाई बुझ्न नसकेकाले पार्टी र विधानको दुरुपयोग मात्र भएन, ७० वर्षपछि लोकप्रिय मत ल्याएर स्थापना भएको दुई तिहाइको सरकारले समेत हात धोएर सत्ताबाट बहिरिनुप¥यो,’ उहाँले भन्नुभयो ।

ओलीसँगको संघर्षमा सबैले साथ दिए पनि दल विभाजन गर्ने निर्णयमा नेपालपक्षकै स्थायी कमिटीका प्रभावशाली नेताहरूले साथ नदिनु गम्भीर विषय भएको उहाँको भनाइ छ । अहिले हामीले खोजेको एमाले र त्यसको नेतृत्व जिम्मेवार र जनताप्रति उत्तरदायी नबन्दा पार्टी विभाजन हुन पुग्यो । यस घटनाले मूल नेतृत्वको बारेमा गहिरो समीक्षा गर्ने र नेकपा एमालेलाई एकताबद्ध गर्न आवश्यक देखिएको छ,’ उहाँले भन्नुभएको थियो ।

पार्टीमा भएका र विभाजन गर्न चाहनेहरूको बीचमा गम्भीर सैद्धान्तिक र व्यावहारिक समस्या रहे पनि त्यसको समाधान पार्टी विभाजन नभएको सापकोटाले बताउनुभयो । उहाँले यसलाई एमालेको जीवनमा २०५४ सालपछि देखापरेको कहाली लाग्दो अवस्थाका रूपमा अथ्र्याए । यसलाई बुद्धिमत्तापूर्वक हल गर्न मूल नेतृत्व चुकेको छ,’ उहाँले भन्नुभयो, ‘हिजोे केपी ओलीले दल विभाजनको अध्यादेश ल्याउँदा पनि हामीले खुलेरै विरोध गरेका थियौं, अहिले ल्याइएको अध्यादेशले पनि लोकतन्त्र र पार्टी प्रणालीलाई नै कमजोर बनाउनेछ ।’

एमालेको नवौं महाधिवेशनले ७० वर्ष उमेर पुगेका नेतालाई स्वतः बिदा गर्ने वैधानिक व्यवस्था गरेको हो । ‘यसले ओली–नेपाललगायत धेरै नेतालाई अवकाश दिने भएकाले उनीहरूबीचको ध्वंसात्मक द्वन्द्व स्वतः अन्त्य हुने निश्चित रहेको सापकोटाले प्रतिक्रिया दिनुभयो ।

यसपछि दोश्रो पुस्ताका नेताहरुले नेतृत्व हाँक्ने थिए । ओली र नेपालको ध्वन्सात्मक अन्र्तरद्धन्द अन्त्यको लागि समझदारी पूर्वक छलफल र बहस चलाएर तिक्तता हटाउन सकेको भए सायद यो दुर्घटना हुने थिएन । यस घटनाले कसैलाईं पनि फाइदा गरेको छैन । पार्टी भित्र र बाहिरका एउटा तप्काले एमालेमा अन्तर पार्टी संघर्ष चर्काउन र नेताहरुविच अनावश्यक दुरी बढाउदा त्यसको दुखद परिणाम आज भोग्नु परेको छ ।

यसको लागि एक अर्कालाई मात्र दोष दिएर पन्छिन मिल्दैन । एमाले बनाउन आफनो सम्पूर्ण जिवन दिने कार्याकता,शुभेच्छुक,मदन भण्डारी,शहिदले देखाएको बाटो यो थिएन ।

नयाँ विश्व- मुकेशचन्द्र राजभण्डारी,सुवाश आचार्य

प्रकाशित मिति २०७८ भदौ ३ गते बिहिबार ०७:०४
प्रतिक्रिया दिनुहोस्