बागलुङ जिल्लामा कोभिड–१९ निको हुने दर ८९ प्रतिशत पुग्यो,आज थप २ जनाको मृत्यु

बागलुङ जिल्लामा कोभिड–१९ निको हुने दर ८९ प्रतिशत पुग्यो,आज थप २ जनाको मृत्यु
२०७८ भदौ ३ गते बिहिबार ०७:५३

बागलुङ- बागलुङ जिल्लामा कोभिड–१९ निको हुने दर ८९ प्रतिशत रहेको छ । हालसम्म ७ हजार २ सय २६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ६ हजार ६ सय ४ जनाले कोरोना जितिसकेका छन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार परीक्षण गरिएका मध्ये संक्रमण...

बागलुङ- बागलुङ जिल्लामा कोभिड–१९ निको हुने दर ८९ प्रतिशत रहेको छ । हालसम्म ७ हजार २ सय २६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ६ हजार ६ सय ४ जनाले कोरोना जितिसकेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार परीक्षण गरिएका मध्ये संक्रमण दर २८.६ प्रतिशत रहेको छ भने संक्रमित मध्ये मृत्युदर ०.८९ प्रशित रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ जनामा कोभिड–१९का विरामी थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५ सय ५८ रहेको छ । ७७ जना डिस्चार्ज भएका छन् ।

१० स्थानीय तह मध्ये बागलुङ नगरपालिकामा २ सय १४, गलकोट नगरपालिकामा १ सय १४, जैमिनी नगरपालिकामा ७०, काठेखोला गाउँपालिकामा ५४, बरेङ गाउँपालिकामा ३५, ढोरपाटन नगरपालिकामा १९, बडिगाड गाउँपालिकामा १८, ताराखोला गाउँपालिकामा १६, अन्यमा १०, निसीखोला गाउँपालिकामा ७, तमानखोला गाउँपालिकामा १ सक्रिय संक्रमित रहेका छन् ।

आज जिल्लाको बागलुङ नगरपालिका –३ का ६५ वर्षीय पुरुष, बागलुङ काठेखोला–७ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

यस्तै गण्डकी प्रदेशमा थप ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १८७ जनामा गरिएको नमूना परीक्षणमा ५०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २४९ महिला र २५५ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार कास्की २६८ बागलुङ २५, स्याङ्जा ५५, म्याग्दी १९, पर्वत २,गोरखा ३३, लमजुङ ३९ तनहुँमा ३८ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७७ हजार ८४७ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ का ४५ वर्षीय पुरुष, बागलुङ नगरपालिका –३ का ६५ वर्षीय पुरुष, बागलुङ काठेखोला–७ का ४८ वर्षीय पुरुष, म्याग्दी मंगला–३ का ८४ वर्षीय पुरुष र तनहुँ भिमाद–६ की ४२ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७० हजार ७४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१० पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ ३ गते बिहिबार ०७:५३
प्रतिक्रिया दिनुहोस्