बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढि ढोरपाटन नगपालिकामा ६ करोड २५ लाख बढि बेरुजु

बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढि  ढोरपाटन नगपालिकामा ६ करोड २५ लाख बढि बेरुजु
२०७८ भदौ ५ गते शनिवार ०६:००

बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । ‘महा लेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७...

बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ ।

‘महा लेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ढोरपाटन नगरपालिकामा ६ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको हो । ढोरपाटनमा ९२ करोड ४८ लाख १८ हजार लेखा परीक्षण रकम रहेको थियो ।

दोस्रो धेरै बेरुजु देखिनेमा बागलुङ नगरपालिका रहेको छ । बागलुङ नगरपालिकामा १.६४ प्रतिशत बेरुजु देखिएको छ । २ अर्ब ५ करोड ६५ लाख ३४को लेखा परीक्षण रकम रहेकोमा ३ करोड ३६ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

तेस्रो धेरै बेरुजु देखिनेमा काठखोला गउँपालिका र ताराखोला गाउँपालिका रहेका छन् । तिनीहरुमा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु देखिएको छ । १ अर्ब ३७ करोड २८ लाख ४४ हजार लेखा परीक्षण रकम रहेकोमा १ करोड ५६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

काठेखोला गाउँपालिकामा १ अर्ब ६ करोड ४५ लाख ४ हजार रकम लेखा परीक्षण गरिएकोमा १ करोड ७१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ । ताराखोला गाउँपालिकामा ६० करोड ९२ लाख २३ हजार लेखा परीक्षण रकम रहेकोमा ९८ ला २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकोमा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख ९ हजार लेखा परीक्षण रकम रहेकोमा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ । १ अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण रकम रहेकोमा १ करोड १६ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ । १ अर्ब २४ करोड ४९ लाख ६ हजार लेखा परीक्षण रकम रहेकोमा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो ।

सबैभन्दा कम बरेङ गाउँपालिकामा ०.४२ प्रतिशत बेरुजु देखिएको छ । ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण रकम रहेकोमा २७ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रकाशित मिति २०७८ भदौ ५ गते शनिवार ०६:००
प्रतिक्रिया दिनुहोस्