बागलुङका २४ सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाए,२५ जना घाईते

बागलुङका २४ सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाए,२५ जना घाईते
२०७८ भदौ ८ गते मङ्गलबार ०६:१८

बागलुङ- जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आर्थिक वर्ष ७७-७८ को तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षमा जिल्ला भित्र भएका २४ सवारी दुर्घटनामा बिभिन्न समयमा १६ जनाले ज्यान गुमाउनु साथै २५ जना घाईते भएका थिए । गत आर्थिक वर्षमा...

बागलुङ- जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आर्थिक वर्ष ७७-७८ को तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षमा जिल्ला भित्र भएका २४ सवारी दुर्घटनामा बिभिन्न समयमा १६ जनाले ज्यान गुमाउनु साथै २५ जना घाईते भएका थिए ।

गत आर्थिक वर्षमा मात्र ११ वटा चार पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए । त्यस्तै, ६ मोटरसाईकल तथा स्कुटर, ५ ट्याक्टर, १ ट्याम्पो र १ लोडर डोजर दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ९ पुरुष, ५ महिला, १ बालक र १ बालिकाको ज्यान समेत गएको थियो ।

यस्तै, १३ पुरुष, ११ महिला तथा १ बालिका घाईते समेत भएका थिए । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिना श्रावणमा १ मोटरसाईल दुर्घटना भएको छ । तिब्र गतिका कारण भएको उक्त दुर्घटनामा परि एक व्यक्तिको मृत्यु भएको छ । यस्तै गत भदौ महिनामा पनि एक मोटरसाईकल तथा १ ट्याक्टर दुर्घटना भएको छ ।

दुर्घटनामा पनि एक पुरुष घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको बागलुङको तथ्याङ्क रहेको छ । त्यस्तै, असोज महिनामा मोटरसाईकल दुर्घटना हुदा एक पुरुषको मृत्यु हुनुको साथै एक पुरुष घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रि नाथ शर्माले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको कात्तिक महिनामा पनि यान्त्रिक गडबढिका कारण चार पाङ्ग्रे सवारी दुर्घटना हुदा एक महिला घाईते भएकी थिईन । त्यसैगरि, मंसिर महिनामा तीन सवारी दुर्घटना हुदा ३ जना व्यक्तिको ज्यान गएको थियो भने दुई जना घाईते भएका थिए । पौष महिनामा पनि एक चार पाङ्ग्रे तथा एक ट्याक्टर दुर्घटना भएको थियो ।

जसमा दुई पुरुषको मृत्यु भएको शर्माले जानकारी दिनुभयो । माघ महिनामा एक लोडर डोजर दुर्घटनामा परेका थियो । जसका कारण एक पुरुष घाईते भएका थिए । फाल्गुन महिनामा पनि दुई वटा चार पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए । जसका कारण एक पुरुष तथा एक महिलाको मृत्यु भएको थियो । भने ५ पुरुष घाईते भएका हुन् ।

यस्तै चैत्र महिनामा एक मोटरसाईकल, एक चारपाङ्ग्रे सवारी तथा एक ट्याक्टर दुर्घटनामा परेका थियो जसमा एक महिला तथा एक बालक गरि दुई जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परि एक पुरुष तथा एक महिला घाईते भएका थिए । बैशाख महिनामा पनि दुई चार पाङ्ग्रे सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परि दुई पुरुषको मृत्यु भएको थियो । तीन घाईते भएका थिए । घाईते मध्ये दुई महिला तथा एक बालिका रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

जेष्ठ महिना पनि एक मोटरसाईकल र एक ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि दुई महिलाको मृत्यु भएको थियो । आर्थिक वर्षको अन्तिम महिना असारमा सबैभन्दा बढि सवारी दुर्घटनाम परेका थिए । जिल्ला ट्राफिक कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रि नाथ शर्माले दिएका जानकारी अनुसार असार महिनामा मात्र ४ सवारीहरु दुर्घटनामा परेका थिए ।

दुर्घटनामा हुनेमा दुई चार पाङ्गे सवारी थिए भने एक ट्याक्टर र एक ट्याम्पो रहेको थिए । दुर्घटनाम परि एक पुरुषको मृत्यु समेत भएको थियो । भने ४ पुरुष र ५ महिला गरि ९ जना घाईते भएका थिए । सवारी दुर्घटनामा न्यूनिकराण्का लागी जिल्ला प्रहरी कार्यालय बागलुङले बिभिन्न सचेनात्मक काम गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ‘मुस्कान सहितको नमस्ते’ अभियान समेत संचालन गरिरहेको छ । यस अभियानले सवारी चालकसंग नमस्कारले स्वागत गर्दै मुस्कुराएर ट्राफिक नियम पालना गर्न सचेतना दिईरहेको छन् ।

यस्तै ट्राफिक प्रहरीले बिभिन्न अनावश्यक झुल्लरी तथा स्वरुप परिवर्तन गरेर चलाएका सवारी साधनलाई कडाईका साथ चेकिङ गरिरहेको छ । शर्माका अनुसार ट्राफिक प्रहरीले जिल्लाका बिभिन्न संघ संस्था तथा समाजसेवी संगको सहकार्य सदरमुकामका बिभिन्न तीन ठाउँमा ट्राफिक डमी समेत स्थापना गरिसकेको छ ।

प्रकाशित मिति २०७८ भदौ ८ गते मङ्गलबार ०६:१८
प्रतिक्रिया दिनुहोस्