बागलुङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु,मृतकको सङ्ख्या ६५ पुग्यो

बागलुङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु,मृतकको सङ्ख्या ६५ पुग्यो
२०७८ भदौ ८ गते मङ्गलबार ०१:१९

बागलुङ- कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन...

बागलुङ- कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो। उहाँले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउनुभएको थियो ।

उहाँलाई जटिल प्रकारको कोभिड निमोनिया, सुगर, प्रेसरको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रकाशित मिति २०७८ भदौ ८ गते मङ्गलबार ०१:१९
प्रतिक्रिया दिनुहोस्