बागलुङ जिल्लाभर लकडाउन खुकुलो,बजार र यातायात समेत सञ्चालनमा आउने

बागलुङ जिल्लाभर लकडाउन खुकुलो,बजार र यातायात समेत सञ्चालनमा आउने
२०७८ भदौ १० गते बिहिबार ०७:३९

बागलुङ- बागलुङमा जारि जारी लकडाउन खुकुलो बनाउने नीति अपनाइने भएको छ । कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । गत वैशाख २१ गतेदेखि जिल्लाभर लकडाउन गरिदै आएकोमा असार मध्य तिर केही खुकुलो बनाइएको थियो...

बागलुङ- बागलुङमा जारि जारी लकडाउन खुकुलो बनाउने नीति अपनाइने भएको छ । कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गत वैशाख २१ गतेदेखि जिल्लाभर लकडाउन गरिदै आएकोमा असार मध्य तिर केही खुकुलो बनाइएको थियो । तर, पछिल्लो केही साता यता कोरोना संक्रमण दर तीब्र बढ्न थाले पछि लकडाउनमा थप कडाई गरिएको हो । अहिलेपनि कोरोना संक्रमण दर कम भएको छैन तर स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्ने गरि बजार तथा यातायात खुल्ला गर्ने निर्णय गरिएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले हरेक दिन विहान ७ वजेदेखि साँझ ६ वजेसम्ममात्र पसल तथा उद्योग कलकारखाना खोल्न पाइने तथा सिट क्षमता बमोजिम स्वास्थ्य सुरक्षाको पालना गरि सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । यातायात सञ्चालन गर्दा लामो दुरीमा चल्ने यातायातले यात्रुको पूर्ण विवरण सहितको चलानी साथमा लैजानु पर्ने अनिवार्य गरिएको छ ।

कोभिडका कारण बन्द भएका सरकारी कार्यालयहरु, हप्तामा दुईबार एक पालिकाका जनतालाई सेवा दिने गरि सञ्चालनमा आउने भएका छन् । इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयले तालिका बनाएर सेवा सञ्चालन गर्नसक्ने गरि समय तोकिएको छ ।
जस अनुसार ढोरपाटन नगरपालिकाका जनताले आइतकार र बुधबार सेवा लिन सक्ने व्यवस्था गरिएको छ । सोमबार र विहिबार निसीखोला गाउँपालिका तथा मंगलबार र शुक्रबार बडिगाड गाउँपालिका र तमानखोलाका सेवाग्राहीलाई सेवा प्रवाह गर्न निर्देशन गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु भने नियमित दैनिक सुरुचारु हुने भएका छन् ।

बिहीबार सम्म जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार ०७:३९
प्रतिक्रिया दिनुहोस्