ठेकेदारको लाहप्रवाहीले बागलुङका ठुला आयोजना अलपत्र,साँसदले नै कार्वाहीको माग गर्दा पनि भएन कार्वाही

ठेकेदारको लाहप्रवाहीले बागलुङका ठुला आयोजना अलपत्र,साँसदले नै कार्वाहीको माग गर्दा पनि भएन कार्वाही
२०७८ भदौ १२ गते शनिवार ०८:३८

बागलुङ- बागलुङका अधिकाँस ठूला आयोजनाहरु ठेकेदार कम्पनीको लाहप्रवाहीले अलपत्र परेका छन् । समयमा काम नगर्ने ठेकादार र कम्पनीलाई साँसदले नै कार्वाहीको माग गरे तर कुनै प्रक्रिया अघि बढेको देखिएन । जिल्ला सदरमुकाम स्थित धौलागिरी...

बागलुङ- बागलुङका अधिकाँस ठूला आयोजनाहरु ठेकेदार कम्पनीको लाहप्रवाहीले अलपत्र परेका छन् । समयमा काम नगर्ने ठेकादार र कम्पनीलाई साँसदले नै कार्वाहीको माग गरे तर कुनै प्रक्रिया अघि बढेको देखिएन ।

जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालको ‘सि’ ब्लक भवन निर्माण शुरु भएको ८ वर्ष वित्यो आठ वर्ष लामो अवधीमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले निर्वाचित भए पछिको गण्डकी प्रदेशको पहिलो बैठकमा अस्पताल निर्माणको जिम्मेवारी पाएको आशिष÷मिलिनियम र भीम ज्योती जेभीका प्रतिनिधि शितल ढकाललाई कारबाहीको माग गर्नुभयो । सांसद सापकोटाले कारबाहीको माग गरेको नै चार वर्ष पुग्यो । न काम भयो, न काम नगर्ने ठेकेदारलाई कार्वाही भएको छ ।

यता ट्रयाक खुलेको २५ वर्ष बित्दा समेत कालोपत्रे गर्न नसकेको मध्यपहाडी लोकमार्गका दुई निर्माण व्यवसायीले समेत म्याद थप गर्दै रकम बुझ्दै गरेका छन । पटक–पटक संघीय संसद र प्रदेश सभामा लोकमार्गका ठेकेदारलाई कालोसूचीमा राख्न सांसदहरुले माग उठाइरहे पनि कतै सुनुवाई भएको देखिदैन ।

बागलुङबाट निर्वाचित अधिकांश सांसदहरुको संसदमा बागलुङका ठूला योजना ठेकेदारले अलपत्र पारेको गुनासो सधै हुन्छ । तर, माथिल्लो तह र कर्मचारीबाट तीनै ठेकेदारलाई कारबाहीको सट्टा म्याद थप मात्रै गर्ने प्रवृत्ति मौलाउदा बागलुङको धौलागिरी अस्पताल भवन, मध्यपहाडी लोकमार्गको बागलुुङ बजार देखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक, र अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड, बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेमा ढिलाई हुँदै गएको छ ।

२०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे धौलागिरि अस्पताल भवन पटकरपटक म्याद थप्दा समेत सम्पन्न नहुँदा अस्पतालले गुणस्तरीय सेवा दिन असहज भएको छ । कोरोना महामारीका कारण अस्पतालमा बिरामीको चाप भए पनि ‘सि’ ब्लक भवन निर्माणमा हेलचेक्राई गरिएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

यस्तै बागलुङ सदरमुकाम र पश्चिम बागलुङलाई जोडने मध्यपहाडि लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको वर्षाैं भयो । बागलुङको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले कामको ठेक्का संझौता गरेको देखिन्छ । अर्को बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते इसीसी जेभीले दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको छ । तर यति लामो समयसम्म त्यहाँको सडकको अवस्था जस्ताको तस्तै छ । पटक पटक म्याद थप्दै निर्माण कम्पनीले जनतालाई शास्ती दिइरहेको छ ।

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले बागलुङ घोडाबाँधे सम्मको दुई निर्माण व्यवसायी संगको ठेक्का पुस मसान्त सम्म थप गरिने नयाँ कुरा ल्याउनुभएको छ । उहाँका अनुसार उनीहरुलाई कार्वाही गरेर नयाँ ठेक्कामा जादा आयोजना झनै लम्बिने भएकाले पुस मसान्त भित्र आयोजना सक्न निर्देशन गरिएको भनाई छ । आदर्श अनलाइन

प्रकाशित मिति २०७८ भदौ १२ गते शनिवार ०८:३८
प्रतिक्रिया दिनुहोस्