बागलुङ गल्कोटमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु,मृतकको संख्या ६६ पुग्यो

बागलुङ गल्कोटमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु,मृतकको संख्या ६६ पुग्यो
२०७८ भदौ १३ गते आईतबार ०६:११

बागलुङ- बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । एन्टीजेन परिक्षणका क्रममा साउन २८ गते कोरोना पोजेटिभ देखिएका ति पुरुषको पोखरामा उपचार...

बागलुङ- बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । एन्टीजेन परिक्षणका क्रममा साउन २८ गते कोरोना पोजेटिभ देखिएका ति पुरुषको पोखरामा उपचार भएको थियो ।

उपचार प्रश्चात केहि निको भएर भदौ १० घर फर्किने क्रममा स्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

यसैबिच बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय २३ मा झरेको छ । केहि साता पहिले करिव ८ सयको नजिक पुगेको सक्रिय संक्रमितको संख्या जिल्लामा कडा निषेधाज्ञा जारी गरेपछि २ सय २३ मा झरेको हो । शनिवार मात्र १ सय ११ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

१० जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका १६, बरेङ गाउँपालिकाका ५, गल्कोट नगरपालिकाका १८, जैमिनी नगरपालिकाका ४४, काँठेखोला गाउँपालिकाका २५, ताराखोला गाउँपालिकाका १ जना र अन्य २ गरि १ सय ११ जनाले कोरोना जितेका हुन् ।

यस्तै पिसीआर परिक्षणका क्रममा बागलुङ नगरपालिकाका २, काँठेखोलाका ७ र एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १ गरि १० जनालाई संक्रमण देखिएको घिमिरेले जानकारी दिनुभयो । बागलुङ पोष्ट

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०६:११
प्रतिक्रिया दिनुहोस्