ईलाका प्रहरी कार्यालय बुर्तिबाङ द्धारा २५० केजी घरेलु मदिरा बनाउने कच्चा पदार्थ मर्चा नष्ट

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ द्धारा २५० केजी घरेलु मदिरा बनाउने कच्चा पदार्थ मर्चा नष्ट
२०७८ भदौ १५ गते मङ्गलबार ०८:१७

बुर्तिबाङ- ईलाका प्रहरी कार्यालय बुर्तिबाङ द्धारा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २ सय ५० केजी मर्चा आज नष्ट गरेको छ । ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा उत्पादन गरि सुकाइएको अवस्थामा प्रहरीले बरामद गरि...

बुर्तिबाङ- ईलाका प्रहरी कार्यालय बुर्तिबाङ द्धारा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २ सय ५० केजी मर्चा आज नष्ट गरेको छ ।
ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा उत्पादन गरि सुकाइएको अवस्थामा प्रहरीले बरामद गरि ल्याएको मर्चा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।

बजारमा दुई भिन्न भिन्न ठाउँबाट बरामद गरिएको मर्चा स्थानीय प्रशासन, जनप्रतिनिधि तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक वन्तको भनाई छ । सरकारले घरेलु मदिरा बन्देज गरेकोले सोको उत्पादनमा प्रयोग हुने मर्चा समेत बरामद गरि नष्ट गर्नुपरेको उहाँले बताउनुभयो । बजार तथा गाउँ क्षेत्रमा अधिक मात्रमा उत्पादन हुने घरेलु मदिरा सेवनबाट विभिन्न अपराधिक घटनाहरु हुने र सोको उजुरी प्रहरीमा आउने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको घरेलु मदिरा उत्पादन न्यूनिकरण गर्ने कार्यक्रम अनुसार मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ बरामद गर्ने र नष्ट गर्ने गरिएको उहँले बताउनु भयो ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मङ्गलबार ०८:१७
प्रतिक्रिया दिनुहोस्