बुर्तिबाङलाई नमूना शहर बनाउने योजना आएको दश वर्ष पुग्यो, प्रगति भने सामान्य

बुर्तिबाङलाई नमूना शहर बनाउने योजना आएको दश वर्ष पुग्यो, प्रगति भने सामान्य
२०७८ भदौ १९ गते शनिवार ०७:१८

बुर्तिबाङ- शहरी आयोजनाले सो आर्थिक वर्षमा ढाल निर्माण, सडक स्तरउन्नति सहित एकीकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहरी आयोजनाको बहुवर्षिय भवन निर्माण समेत यसै गत आर्थिक वर्षमा सम्पन्न गरेको आयोजनाका ईञ्जिनियर कोमल चन्द्र शाहले...

आर्थिक वर्ष ०७८- ०७९ मा ५ करोड ७८ लाख बढीको योजना सम्पन्र्न

बुर्तिबाङ- शहरी आयोजनाले सो आर्थिक वर्षमा ढाल निर्माण, सडक स्तरउन्नति सहित एकीकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहरी आयोजनाको बहुवर्षिय भवन निर्माण समेत यसै गत आर्थिक वर्षमा सम्पन्न गरेको आयोजनाका ईञ्जिनियर कोमल चन्द्र शाहले जानाकारी दिनुभयो ।

आयोजनाले बजार क्षेत्रमा तथा आसपासमा ढल निर्माण, सडक स्तरउन्नति, सडक पिपिसी अर्थात पिच गर्ने र मेसीनेरी वाल निर्माणको काम समेत गर्दै आएको जनाएको छ । यस्तै सिडि निर्माण, जग्गा खरिद र प्रतिक्षालय, पार्क निर्माणका कामहरु गरिरहेको आयोजनाका ईञ्जिनियर शाहले बताउनुभयो ।

आयोजनाले तयार पारेको एक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७०-०७१ यता हालसम्म ३ हजार १ सय ५० मिटर ढल निर्माण गरेको छ । १ हजार ६ सय २६ मिटर सडक स्तरउन्नति गरेको जनाएको छ भने, २ हजार १ सय ५९ मिटर सडक पिच अर्थात पिपिसी गरेको जनाएको छ ।
यस्तै, १ हजार १ सय ४८ दशमलव ०७ मिटर मेसिनरी वाल निर्माण गरेको छ । ५ सय २५ मिटर सिडि सहितको बाटोमा दायाँ बायाँ रयालिङ सहित बीच बीचमा ५ वटा प्रतिक्षालय निर्माण गरेको जनाएको छ । यस्तै भब्रेटामा एक पार्क र सँगै प्रतिक्षालय समेत निर्माण भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोजनाले साढे ५ तल्ले एकीकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहरी आयोजनाको बहुवर्षिय भवन निर्माण सम्पन्न गरेको छ । आयोजना सञ्चालनमा आएको र बुर्तिबाङमा कार्यालय स्थापना भएपछि भब्रेटामा करिव ३६ रोपनी जग्गा खरिद गरेको छ । कुत्थाप्लामा करिव १५ रोपनी र खप्तरीबाङमा बसपार्क निर्माण गर्न भन्दै ६ रोपनी भन्दा बढी रहेको जग्गा खरिद गरेको जनाएको छ ।

मध्ये पहाडि लोकमार्गका १० स्थानमा नमूना शहर निर्माण गर्ने र प्रत्येक शहरमा एक लाख बस्ति बसाउने योजना अनुसार २०६८ सालयता सुरु गरिएको साना शहरी योजनाको परियोजना १० वर्षबित्दा समेत हालसम्म ठोस खाका लिन सकिरहेको छैन । खदि गरिएका जग्गा अलपत्र देखिन्छन् । पाँच वर्षमा सहरी आयोजनाको खाका सहितको गुरुयोजना आउने भनिएकोमा हालसम्म आएको देखिदैन ।

बस्ति व्यवस्थापन, खानेपानी, ढलनिर्माण, स्कुल कलेज, पार्क निर्माण, स्वास्थ्य सेवा तथा आवश्यक सबै सरकारी सेवा प्रदान गर्ने एकीकृत सरकारी कार्यालयको भवन निर्माण, लगायतका योजनाहरु सहितको गूरुयोजना अझै बनेन् । सामान्य कामचलाउ काम गरेर मात्र साना शहरी आयोजनाले १० वर्ष खेर फालेको छ ।

विस्तृत अध्ययन अझै गरिएको देखिदैन । स्थानीयसँग योजनाको विषयमा आवश्यक छलफल भएका छैनन् । हल्लाको नयाँ शहरी आयोजनाले के गरिरहेको छ भनेर सरोकारवालाहरु समेत चासो राखेको देखिदैन । सरकारले सुरुमा १० वटा नमूना शहरी आयोजनाको अवधारण ल्याउँदा एकमुष्ट १ अरब रुपैयाँ विनियोजन गर्ने गरेकोमा पछिल्लो समय मध्ये पहाडि लोकमार्गमा थप ३ सहित १३ वटा र हुलाकी राजमार्गमा १४ वटा गरि २७ वटा नमूना शहर बनाउने योजना अघि सारेको छ ।

नयाँ शहरी आयोजनाका योजनाहरु थपिएको तर बजेट नबढेका कारण नमूना शहरी आयोजनाको कामले दु्रत गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०७:१८
प्रतिक्रिया दिनुहोस्