बागलुङमा पौडी खेल्ने क्रममा बालकको मृत्यु, एकजना मृत फेला

बागलुङमा पौडी खेल्ने क्रममा बालकको मृत्यु, एकजना मृत फेला
२०७८ भदौ २० गते आईतबार ०४:४६

बागलुङ – बागलुङको भकुण्डेमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ भने एकजना मृत फेला परेका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भकुण्डेका मान बहादुर बुढाथोकीका...

बागलुङ – बागलुङको भकुण्डेमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ भने एकजना मृत फेला परेका छन् ।

बागलुङ नगरपालिका–१० भकुण्डेमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भकुण्डेका मान बहादुर बुढाथोकीका ८ वर्षिय छोरा एलस बुढाथोकी रहेका छन् ।

पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आईतबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यसैबिच भकुण्डे निवासी २८ वर्षीय सागर थापा घर नजिकैको खोलाको बीच भागमा मृत आवस्थापमा फेला परेका छन् । शनिबार बिहान देखी हराएका थापा आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ २० गते आईतबार ०४:४६
प्रतिक्रिया दिनुहोस्