द्वन्द्वमा बेपत्ता बागलुङ निसीखोलाकी शुसिला विवाह गरि बसेको अवस्थामा फेला

द्वन्द्वमा बेपत्ता बागलुङ निसीखोलाकी शुसिला  विवाह गरि बसेको अवस्थामा फेला
२०७८ भदौ २० गते आईतबार ०६:४२

बागलुङ- शसस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकी भनिएकी बागलुङ निसीखोला गाउँपालिकाकी एक महिला फेला पर्नुभएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ की ४७ वर्षीया शुसिला शर्मा गलकोट नगरपालिका–१ दुदिलाभाटीमा भेटिनुभएको जनाईएको छ । उहाँ...

बागलुङ- शसस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकी भनिएकी बागलुङ निसीखोला गाउँपालिकाकी एक महिला फेला पर्नुभएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ की ४७ वर्षीया शुसिला शर्मा गलकोट नगरपालिका–१ दुदिलाभाटीमा भेटिनुभएको जनाईएको छ ।

उहाँ दुदिलाभाटीमा प्रेम कुँवरसँग विवाह गरि बसेको पाईएको छ । शुसिलाका दुई सन्तान रहेको समेत उल्लेख गरिएको छ । २०६२ साल मंसिर १६ गतेबाट बेपत्ता पारिएको भन्दै उहाँका पूर्व पति खुमलाल शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिए पश्चात विभिन्न सञ्चार माध्यममा समाचार आएसँगै उहाँ जीवितै रहेको चर्चा चलेको हो ।

उहाँ शसस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिनेको सूचीमा रहनुभएको थियो । उहाँले प्रेम कुँवरसँग विवाह गरेको पनि करिब ६ वर्ष भएको प्रेम कुँवरका छोरा सूर्य कुँवरले बताउनुभयो । उहाँको साथमा हाल एक छोरा र एक छोरी रहेको जनाईएको छ । ईपरी न्यूज

प्रकाशित मिति २०७८ भदौ २० गते आईतबार ०६:४२
प्रतिक्रिया दिनुहोस्