बुर्तिबाङ नजिकै तुरतुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बुर्तिबाङ नजिकै तुरतुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध
२०७८ भदौ २१ गते सोमबार १२:३३

पहिरोको कारण मध्यपहाडी लोकमार्गको भीमगिठे– बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण बडिगाड खोलाले कटान गर्दा सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तका...

पहिरोको कारण मध्यपहाडी लोकमार्गको भीमगिठे– बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण बडिगाड खोलाले कटान गर्दा सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तका अनुसार खोलाले सडक कटान गरेर बगाएका कारण सडक अवरुद्ध भएको छ । ‘हामी घटना स्थलमा छौं, रातिभरको पानीले खोलाको बहाब बढ्दा सडक कटान गरेको छ,उहाँले भन्नुभयो ,बिहान बाट नै पालिकाहरूको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ ।’

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तुरतुरे स्थानमा करिब २५ मिटर सडक खोलाले कटान गरेको निरिक्षब वन्तले बताउनुभयो । उक्त पहिरोका कारण बुर्तिबाङबाट बाग्लुङ,पोखरा र काठमान्डौको लागि कुनै पनि सवारी साधन छुटेका छैनन् ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार १२:३३
प्रतिक्रिया दिनुहोस्