बुर्तिबाङ नजिकै तुरतुरेमा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

बुर्तिबाङ नजिकै तुरतुरेमा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो
२०७८ भदौ २१ गते सोमबार ०५:३०

बुर्तिबाङ- पहिरोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको भीमगिठे–बुर्तिबाङ सडक खण्ड खुलेको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण बडिगाड खोलाले कटान गर्दा सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरिक्षक...

बुर्तिबाङ- पहिरोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको भीमगिठे–बुर्तिबाङ सडक खण्ड खुलेको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण बडिगाड खोलाले कटान गर्दा सडक अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तका अनुसार खोलाले सडक कटान गरेर बगाएका कारण सडक अवरुद्ध भएको हो । रातिभरको पानीले खोलाको बहाब बढ्दा सडक कटान गरेको थियो ,उहाँले भन्नुभयो,बिहान बाट नै पालिकाहरूको समन्वयमा सडक खुलाउने प्रयास गरि दिउसोबाट मर्मत गरि खुाईएको हो ।’

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तुरतुरे स्थानमा करिब २५ मिटर सडक खोलाले कटान गरेको निरिक्षब वन्तले बताउनुभयो । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजिवन दिउसोसम्म प्रभावित बनेको थियो । बुर्तिबाङबाट छुटेका सवारी साधनर अन्य स्थानबाट बुर्तिबाङ आउदै गरेका सवारी साधन बाटोमै अलपत्र परेका थिए । दिउँसोबाट भने गन्तव्य तर्फ लागिसकेको उहाँले बताउनुभयो ।

आईतबार राती करिब १२ बजेदेखि बडिगाड खोलामा आएको बाढिका कारण बुर्तिबाङ बजार लगायत तल्लो तटिय क्षेत्रका बासिन्दा त्रसित भएका थिए । बुर्तिबाङ देखी तमानखोला पुग्ने बाटो समेत ठाउँठाउमा चर्किएको छ । तमानखोलामा यस वर्ष ठुलो बाढी आएको ढोरपाटन १ खाराखेत निवासी जिबलाल चालिसेले बताउनुभयो । खाराखेतमा रहेको मगर समाजको भवन पछाडिको वाल समेत खोलाले बगाएको उहाँको भनाई छ ।

यस्तै खोलाको किनारमा स्थानियले उठाएका बालुवा समेत बगाएको छ भने ढोरपाटन १ दुलेमा लगाईएको ग्याबीन जाली केहि दबेको छ । जाली भन्दा माथीबाट हिलो सड्कमा पस्दा सड्क समेत हिलाम्मे बनेको थियो । खोला किनारमा बसेका बुर्तिबाङ लगायत आसपासका स्थानिय रातिको बाढीका रातभर जाग्राम बसेको बताएका छन् ।

त्यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत ढोरपाटन ९ बोबाङ क्षेत्रका विभिन्न स्थानमा बाढीले सडक बगाएपछि उक्त सडक खण्ड पुनः अवरुद्ध भएको छ । दुई साता अगाडी पनि यो सडक खण्ड अवरुद्ध बनेको थियो । तमानखोलामा यस वर्षकै अत्याधिक मात्रामा आएको बाढिले तमानखोला गाउँपालिका अन्र्तगत खुङ्खानी, बोङगादोभान लगाएतका ग्रामीण क्षेत्रका अधिकांश सडक बाढि पहिरोका कारण अवरुद्ध बनेका छन् ।

तमानखोलामा एउटा काठको झोलुङे पुल समेत बगाएको छ भने स्थानियको मकै बारी र धानबारीमा बाढीले क्षेति गरेको स्थानियहरुले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल ल्याउन समेत समस्या परेको समेत जनाईएको छ ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ०५:३०
प्रतिक्रिया दिनुहोस्