बागलुङमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईदै

बागलुङमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईदै
२०७८ भदौ २५ गते शुक्रबार ०८:३८

बागलुङ - कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईदैछ । जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिको बैठकले बागलुङका १० वटै पालिकाका पायक पर्ने स्थानमा खोपकेन्द्र तय गरेर खोप लगाउने भएको छ । नेपाल सरकार...

खोप लगाउन १८ वर्ष उमेर पुगेको हुनुपर्ने

बागलुङ – कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईदैछ । जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिको बैठकले बागलुङका १० वटै पालिकाका पायक पर्ने स्थानमा खोपकेन्द्र तय गरेर खोप लगाउने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले गरेको परिपत्र अनुसार बागलुङमा पनि यही भाद्र २५ गतेदेखि खोप कार्यक्रम सुरु हुने भएको छ । १८ वर्ष उमेर पुगेका कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाईने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड खोप फोकल पर्सन राजु खत्रीले जानकारी दिनुभयो ।

जस अनुसार बागलुङ नगरपालिका, जैमिनी र काठेखोला गाउँपालिकामा भाद्र २५ र २६ गते, ताराखोला, निसीखोला र बडिगाड गाउँपालिकामा भाद्र २५ र २६ गते खोप लगाईने भएको छ । तमानखोला गाउँपालिकामा भाद्र २५ गते नै खोप लगाईने भएको छ । यस्तै ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भाद्र २७ गते विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । पालिकाले तोकेको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन सकिने खोप फोकल पर्सन खत्रीले बताउनुभयो ।

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गरिने भएकाले उनीहरुका लागि सरकारले खोप लगाउने कार्यक्रम तय गरेको हो । उनीहरुलाई अस्ट्राजेनेका नामको खोप लगाईदैछ ।

 

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०८:३८
प्रतिक्रिया दिनुहोस्