पहाडी जिल्लामा सेतो पुतलीको बिगबिगी बढ्यो, होसियार रहन आँखा चिकित्सकको सुझाव

पहाडी जिल्लामा सेतो पुतलीको बिगबिगी बढ्यो, होसियार रहन आँखा चिकित्सकको सुझाव
२०७८ भदौ २५ गते शुक्रबार ०३:४०

केहि दिनयता नेपालको उच्च पहाडी भेगमा आँखामा हुने एक प्रकारको डरलाग्दो सेतो पुतली (सापू)को बिगबिगी देखिएको छ । सेतो पुतली अर्थात् (मोथ) देखिएमा होसियार रहन आँखा चिकित्सकले सुझाव दिएका छन । उच्च पहाडी भेगमा पर्ने बागलुङ ढोरपाटन नगरपालिका,तमानखोला,...

केहि दिनयता नेपालको उच्च पहाडी भेगमा आँखामा हुने एक प्रकारको डरलाग्दो सेतो पुतली (सापू)को बिगबिगी देखिएको छ । सेतो पुतली अर्थात् (मोथ) देखिएमा होसियार रहन आँखा चिकित्सकले सुझाव दिएका छन ।

उच्च पहाडी भेगमा पर्ने बागलुङ ढोरपाटन नगरपालिका,तमानखोला, निसीखोला,बडिगाड र बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, गुल्मी र म्यादी जिल्लाका पालिकाहरुमा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुने गरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालयका आँखा चिकित्सकहरुले बताएका छन् ।

विशेषगरी साँझपख बिजुली बत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने आँखा चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउने वित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखा पर्ने गरेको छ ।

आँखा चिकित्सकका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्ने भएकोले होसियार रहन आँखा चिकित्सकहरुले सुझाव दिएका छन ।

शापु बारे थप केहि जानकारी

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०३:४०
प्रतिक्रिया दिनुहोस्