बागलुङ जिल्लाका १० स्थानीय तहमा १५ करोड ३० लाख ७२ हजार बेरुजु

बागलुङ जिल्लाका १० स्थानीय तहमा १५ करोड ३० लाख ७२ हजार बेरुजु
२०७८ भदौ २६ गते शनिवार ०९:१२

बागलुङका १० स्थानीय तहमा आर्थिक वर्ष २०७६-०७७ को बेरुजु रकम १७ करोड २ लाख २८ हजार रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार जिल्लामा...

२ करोड बढी अशुल गर्नुपर्ने मध्ये ढोरपाटनमा मात्र १ करोड भन्दा बढी

बागलुङका १० स्थानीय तहमा आर्थिक वर्ष २०७६-०७७ को बेरुजु रकम १७ करोड २ लाख २८ हजार रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी बेरुजु समेत ढोरपाटन नगरपालिकामा ६ करोड २५ लाख १८ हजार रहेको छ । दोस्रोमा बागलुङ नगरपालिकामा ३ करोड ३६ लाख ३७ हजार बेरुजु आएको छ । यो नगरपालिका अन्तरगतको हो । बागलुङका ४ नगरपालिका मध्ये सबैभन्दा थोरै बेरुजु आउनेमा गलकोट नगरपालिका रहेको छ । जहाँ १ करोड १६ लाख ६० हजार बेरुजु रहेको छ ।

यसैगरी जिल्लाका ६ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा रहेको छ । जहाँ १ करोड ७१ लाख ५६ हजार बेरुजु देखाएको हो । दोस्रोमा ताराखोला गाउँपालिकामा आएको छ । जहाँ ९८ लाख २० हजार बेरुजु रहेको छ । गाउँपालिका मध्ये सबैभन्दा कम बेरुजु आउने पालिका बरेङ गाउँपालिका रहेको छ । जहाँ २७ लाख ७६ हजार रुपैयाँ देखिएको छ ।

बागलुङका स्थानीय तहमा चार प्रकारका बेरुजु देखिएको छ । जस अनुसार उपर असुल गर्नुपर्ने बेरुजु, प्रमाण कागज पेश गर्नुपर्ने बेरुजु, नियमित गर्नुपर्ने बेरुजु र पेश्की बेरुजु रहेको छ ।

जिल्लाका पालिकाहरुमा तत्काल अशुल गर्नुपर्ने रकम २ करोड १३ लाख ६२ हजार रहेकोमा सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा मात्र १ करोड ५ लाख ८९ हजार रुपैयाँ देखिएको छ । यसमा सबैभन्दा थोरे बरेङ गाउँपालिकाको जम्मा ४९ हजार रुपैयाँ मात्र देखिएको छ । यस्तै प्रमाण कागज पेश गर्नुपर्ने बेरुजुमा पनि ढोरपाटन नगरपालिकानै अगाडि छ । जहाँ १ करोड २९ लाख ४८ हजार रुपैयाँ रहेको छ । दोस्रोमा बागलुङ नगरपालिकामा १ करोड १८ लाख २ हजार रुपैयाँ देखिएको छ । ताराखोला गाउँपालिकामा सबैभन्दा कम ३ लाख ७८ हजार रुपैयाँ प्रमाण कागजात पेश गर्नुपर्ने बेरुजु रहेको छ ।

यस्तै नियमित गर्नुपर्ने बेरुजुमा पनि ढोरपाटन नगरपालिका जिल्लाका सबै पालिकाभन्दा अघि छ । जहाँ २ करोड ४१ लाख ८७ हजार बेरुजु छ । दोस्रोमा बागलुङ नगरपालिकामा ७६ लाख २५ हजार बेरुजु रहेको छ ।

पेश्की बेरुजुमा जिल्लाको तमानखोला गाउँपालिका शुन्य बेरुजु देखिएको छ । ढोरपाटन नगरपालिका नै जिल्लाको अब्बल रहेको देखिन्छ । जहाँ १ करोड ४७ लाख ९४ हजार पेश्की बेरुजु छ । दोस्रोमा जिल्लाको बागलुङ नगरपालिकामा ९९ लाख ५६ हजार पेश्की बेरुजु छ । गाउँपालिका मध्ये अब्बल पेश्की बेरुजु पर्नेमा ताराखोला गाउँपालिका रहेको छ । जहाँ ८८ लाख ७५ हजार रुपैयाँ पेश्की बेरुजु देखिएको छ ।

आर्थिक प्रशासनमा देखिएको सुशासनमा भएको कमीकमजोरीले लेखापरीक्षमा बेरुजु देखिएको हुन्छ । कतिपय शैद्धान्तिक बेरुजु भएपनि तत्काल अशुलउपर गर्नुपर्ने बेरुजु सिधै राज्यकोषमा जम्मा गरिहाल्नस पर्दछ । अन्य बेरुजुमा माग गरिएको प्रमाण उपलब्ध हुन नसकेमा वा पेश्की फर्छयौट नगरिएको खण्डमा वा नियमित गर्नुपर्नेमा निरन्तरता देखियो भने स्वतः बेरुजु रकम राज्यकोषमा जम्मा भएको हुनुपर्ने प्रावधान रहेको छ । त्यसकारण बागलुङमा तत्काल उपरअसुल गर्नुपर्ने भनिएको बेरुजु रकम २ करोड १३ लाख ६२ हजार रुपैयाँ राज्यकोषमा तत्काल जम्मा हुने रकम हो ।

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०९:१२
प्रतिक्रिया दिनुहोस्