एकीकृत समाजवादी पार्टीले एमालेलाई कुनै नोक्सानी नपुग्ने बागलुङमा एमाले नेताहरुको दाबी

एकीकृत समाजवादी पार्टीले एमालेलाई कुनै नोक्सानी नपुग्ने बागलुङमा एमाले नेताहरुको दाबी
२०७८ भदौ ३१ गते बिहिबार ०६:११

एमाले गण्डकी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीको सिद्दान्त रहेसम्म नेपालको राजनीतिमा एमालेलाई कसैले जित्न नसक्ने दावी गर्नुभएको छ । उहाँले गठबन्धनको नाउँमा सत्तामा आउने जाने काम भएपनि...

एमाले गण्डकी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीको सिद्दान्त रहेसम्म नेपालको राजनीतिमा एमालेलाई कसैले जित्न नसक्ने दावी गर्नुभएको छ ।

उहाँले गठबन्धनको नाउँमा सत्तामा आउने जाने काम भएपनि जनताको विश्वास जितेर नेतृत्व लिन एमालेको बिकल्प खोज्ने बेला नभएको दावी गनुर््भयो । बिहिवार बागलुङमा आयोजित अगुवा कार्यकर्ता भेलामा आएका गुरुङले माधव नेपाल नेतृत्वले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले एमालेलाई कुनै नोक्सानी नपुग्ने समेत ठोकुवा गर्नुभएको थियो ।

एमाले सशक्त भए सम्म नेपाल माथी बैदेशिक हस्तक्षेप हुन नदिने, बिकासलाई गति दिने र स्वतन्त्र राष्ट्रको अभियानमा कुनै असर पर्न नदिने समेत बताउनुभयो । उहाँले एमालेलाई गुटको राजनीतिबाट मुक्त गर्ने नीति समेत बन्न लागेको दावी गर्नुभएकोे थियो । उहाँले माधव नेपाल समूहलाई चोइटोको उदाहरण दिनुभयो । ‘चोइटिएर गएको टुक्रापछि एमालेमा निखार आएको छ’ उहाँले भप्नुभयो, ‘अमेरिका जाने युवा जस्तै एमालेमा जाने लहर आउन थालिसकेको छ’ ‘अब एमाले सबै युवाको सपनाको पार्टी भैसक्यो ।’ उहाँले एमाले संगठनलाइ बलियो बनाउन गुट अन्त्यको तयारी भएको बताउनुभयो । महाधिवेसनमा समेत गुटबन्दी गरेर उमेदवार दिन नपाउने नीतिगत व्यवस्थापन गर्न लागेको उहाँले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा एमाले स्थायी कमिटिका सदस्य सुरेन्द्र पाण्डेले दलभित्रको आन्तरक लोकतन्त्र बलियो बनाउने र शुद्द र विधिले बाँधिएको पार्टी बनाउन लागेको बताउनुभयो । कार्यदलमा बसेर पार्टी भित्रका समस्यामा संघर्ष गरेपनि फुटको राजनीतिमा नलागेको उहाँको धारणा छ । उहाँले नेतृत्व सहज हस्तान्तरण गर्न सकिने गरी संगठन बढाउनु पर्ने धारणा राख्नुभयो । नेतृत्वमा गएपछि पद नछाड्ने प्रवृत्ति अन्त्य भएपछि मात्रै कम्प्युनिष्ट पार्टीमा चुस्तता आउने उहाँको धारणा थियो ।

पाण्डेले पुरानो कुरा पढेर पुरानै निष्कर्ष निकालेको भन्दै माधव नेपालको पनि आलोचना गर्नुभयो । ‘कोही पुरानो कुरा गर्ने, पुरानै निष्कर्ष निकाल्ने होलान्, हामी त्यता लाग्दैनौं’ पाण्डेले भन्नुभयो ‘आधुनिक निष्कर्ष निकाल्दै पार्टी र आन्दोलनका उपलब्धी जोगाएका छौं ।’ गुटबन्दीपछिको कार्यकर्ता भेलामा आएका उहाँले माधव नेपाल समेत भोली एमालेमै फर्कने दावी समेत गर्नुभएको थियो । ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०६:११
प्रतिक्रिया दिनुहोस्