बागलुङ कारागारमा रहेका चार जनाको सजाय मिनाहा,जेलमुक्त कार्यकर्तालाई राजमोको स्वागत

बागलुङ कारागारमा रहेका चार जनाको सजाय मिनाहा,जेलमुक्त कार्यकर्तालाई राजमोको स्वागत
२०७८ असोज ३ गते आईतबार ०७:३८

बागलुङ- संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका बागलुङका चार जनाको सजाय मिनाह भएको छ । गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको सजाय मिनाहा गर्नुभएको हो । कुटपिट...

बागलुङ- संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका बागलुङका चार जनाको सजाय मिनाह भएको छ । गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको सजाय मिनाहा गर्नुभएको हो ।

कुटपिट तथा अंगभंग मुद्धामा दुई बर्षका लागि जेल सजाय पाएका जिल्लाको जैमिनी नगरपालिकाका श्रीप्रसाद थापा, ओमकार थापा र मनबहादुर थापाको सजाय मिनाहा भएको छ । उनीहरु जिल्ला अदालतको आदेशमा एक बर्ष पहिला जेल चलान भएका थिए । जिल्लाको बडिगाड गाउँपालिकाका जीत बहादुर बिकको पनि बाँकी सजाय मिनाहा भएको छ । सवारी ज्यान मुद्धामा एक बर्ष अघि दुई बर्षका लागि जेल चलान भएका बिक आधा मात्रै कैंद भुक्तानी गरेर छुटेको जिल्ला कारागार बागलुङका जेलर दिपेन्द्र पौडेलले बताउनुभयो ।

 जेलमुक्त कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाको स्वागत 

राष्ट्रिय जनमोर्चा बागलुङले २०६४ सालको संविधान सभा निर्वाचनको शिलशिलामा जेल परेर मुक्त भएका कार्यकर्तालाई स्वागत गरेको छ ।

चुनावमा भएको कुटपिट मुद्दामा बागलुङ कारागार पुगेका अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीस, जिल्ला सदस्यहरु श्री प्रसाद थापा र ओमकार श्रीस आइतबार जेल मुक्त हुनुभएको हो । संविधान दिवसको अवसरमा जेल मुक्त भएका नेता, कार्यकर्तालाई राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यालय बागलुङ बजारमा एक कार्यक्रम गरी स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले २०६४ सालको निर्वाचनको सिलसिलामा लगाईएको झुट्ठा मुद्दाबाट पार्टीका नेता, कार्यकर्ताले जेल जीवन बिताउन बाध्य पारे पनि उहाँहरुको राजनैतिक आस्था झन उच्च बनेको बताउनु भयो । देश, जनता र परिवर्तनको पक्षमा लम्किरहेको यात्रा भोलिका दिनमा अझै गर्विलो हुने उल्लेख गर्दै उहाँहरुको अनुपस्थितिले पार्टी संगठनमा पुरा हुन नसकेका जिम्मेवारी अबका दिनमा पुरा हुने बताउनु भयो ।

कार्यक्रममा जेल मुक्त हुनु भएका युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीसले मन्तव्य व्यक्त गर्दै झुट्टा मुद्धा लगाएर आफुहरुलाई लामो समय दुःख र यातना दिइएको बताउनुभयो । अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा लगायत नेता तथा कार्यकर्ताले अबिर, फूलमाला र खाँदाले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति २०७८ असोज ३ गते आईतबार ०७:३८
प्रतिक्रिया दिनुहोस्