२० वर्ष पछि दिदी खोज्दै भाई

२० वर्ष पछि दिदी खोज्दै भाई
२०७८ असोज ५ गते मङ्गलबार ०१:०६

बागलुङ- एक युवाले आफ्नी दिदी सम्पर्क विहिन बनेको २० वर्ष पछि बल्ल खोजी गर्न थाल्नुभएको छ । पहिलेको काठमान्डौ जिल्ला गागलफेदी गा.वि.स वडा नम्बर २ स्थिाई ठेगाना भई हाल ईन्दियाको बेङलोरमा बस्दै आउनुभएका दिपक सुनारले आफ्नी दिदी माया...

बागलुङ- एक युवाले आफ्नी दिदी सम्पर्क विहिन बनेको २० वर्ष पछि बल्ल खोजी गर्न थाल्नुभएको छ । पहिलेको काठमान्डौ जिल्ला गागलफेदी गा.वि.स वडा नम्बर २ स्थिाई ठेगाना भई हाल ईन्दियाको बेङलोरमा बस्दै आउनुभएका दिपक सुनारले आफ्नी दिदी माया सुनारको खोजी गर्न थाल्नुभएको हो ।

आज भन्दा बीस वर्ष पहिले बुवा दिदी र आफु रोजगारीको शिलशिलामा भारतको आसाम पुगेको र बाग्लुङ जिल्लाका एक युवा सगँ दिदीको विवाह गरिदिएको भाई दिपक सुनारले बताउनुभयो । आफु ८ वर्षको हुदाँ बुवाले दिदीको विवाह गरिदिएको र केहि समय पछि बुवा लालबहादुर सुनारको निधन भएपछि दिदी अहिले सम्म आफ्नो सम्पर्कमा नआएको सुनारले बताउनुभयो ।

२८ वर्ष पुग्नु भएका सुनारले आफुँ ८ वर्षको हुदाँ दिदीको १५ ⁄ १६ वर्षको उमेरमा बागलुङका एक युवा सगँ विवाह गरिदिएको तर अहिलेसम्म सम्पर्कमा नहुदाँ खोजी कार्य थालेको बताउनुभयो । आसामबाट दिदी लिएर फर्कने समयमा दिदीको सासु ससुराले बागलुङको ठेगाना दिएको भएपनि ठेगाना हराउदाँ समस्या परेको उहाँको भनाई छ ।

दिदीको फोटो हराएकोले खोजी गर्न केहि समस्या परेको भएपनि दिदी बुवा र आफ्नो हातको औलामा थोरै काटिएको निसान रहेको उहाँको उहाँले जानकारी दिनुभयो । अहिले रोजगारीको शिलशिलामा ईन्दियाको बेङ्लोरमा रहेको र कहिँ कतैबाट दिदीले थाहा पाए + ९१७८१४७६९७८२ मा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०१:०६
प्रतिक्रिया दिनुहोस्