बागलुङको जैमिनीमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनीमा चट्याङ लागेर  एकको मृत्यु, तीन घाइते
२०७८ असोज ५ गते मङ्गलबार ०१:१२

बागलुङ जिल्लाको जैमिनी नगरपालिका ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना...

बागलुङ जिल्लाको जैमिनी नगरपालिका ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । उहाँहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०१:१२
प्रतिक्रिया दिनुहोस्