गलकोट पुग्यो सेमिफाईनलमा !

गलकोट पुग्यो सेमिफाईनलमा !
२०७८ असोज ५ गते मङ्गलबार ०१:२७

कपिलबस्तुमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा गलकोट भलिबल ट्रेनिङ सेन्टर सेमिफाईनलमा प्र’वेश गरेको छ । कपिलबस्तु जिल्लाको चन्द्रौटामा राईजिङ स्टार युवा क्लवले आयोजना गरेको खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुष...

कपिलबस्तुमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा गलकोट भलिबल ट्रेनिङ सेन्टर सेमिफाईनलमा प्र’वेश गरेको छ ।

कपिलबस्तु जिल्लाको चन्द्रौटामा राईजिङ स्टार युवा क्लवले आयोजना गरेको खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुष भलिबल त’र्फ सोमबार न्यु ईरा युवा क्लबलाई पराजित गदैं गलकोट सेमिफाईनलमा प्र’वेश गरेको हो ।

क्वाटरफाईनलमा अन्तरगतको खेलमा न्यु ईरा युवा क्लबलाई २५–१९, २५–२१ र २५–१९ को सोझो सेटमा गलकोटले पराजित गदैं सेमिफाईनलको या’त्रा तय गरेको छ ।

गलकोट भलिवल ट्रेनिङ सेन्टरबाट गलकोटका खेलाडिहरु, राजु बिक, बिमल परियार, कुस्मन थापा, दिपक मल्ल, प्रकाश बिक, मिन सुनार, रिजन राना सहभागि हुनुभएको छ भने । चर्चित खेलाडी नवलपुरका घनश्याम चौधरी र म्याग्दीका सुजन चोखाल पनि गलकोटबाटै सहभागि हुनुभएको गलकोट भलिबल ट्रे’निङ सेन्टरका टिम प्रशिक्षक हिमाल चालिसेले जानकारी दिनुभएको छ ।

गलकोटले यस अघि प्राप्ती काठ सप्लायर्स, लाफा समुह बुटबल लगाएतलाई पराजित गरेको थियो । पुरुष भलिवलको सेमिफाईनलमा मनिमुकन्द क्लब, आयोजक संगैं गलकोट भलिबल ट्रेनिङ सेन्टर पुगेको छ भने मंगलबार हुने क्वाटरफाईनलको अन्तीम खेलबाट एपिएफ ८ नंबर बाहिनी र नमुना ज्योती युवा क्ल्ब हल्ला नगर बिचको बिजेता सेमिफाईनलमा पुग्ने आयोजकले जनाएको छ ।

मंगलबार पहिलो सेमिफाईनल अन्तरगर्त मणिमुकुन्द क्लब र आयोजक तथा दो”स्रो सेमिफाईनलमा एपिएफ र नमुना ज्योति क्लबको बिजेता संग गलकोटले प्रतिस्प्रर्धा गर्ने छ ।
खेलमा प्र’थम हुनेले नगद १ लाख १ हजार सहित ट्र’फि, दित्तिय हुनेले ७१ हजार, तृ’तिय हुनेले ४१ हजार र सान्त्वना हुनेले २१ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०१:२७
प्रतिक्रिया दिनुहोस्