बागलुङ जिल्लाको बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता हुनुभएको छ । बडिगाड गाउँपालिका– ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा खोलाले ती युवालाई बगाएको हो ।
निसिखोला गाउपालिका–६ का २४ वर्षिय दिप्सन बिक बालुवा निकालेर आराम गरिरहेको अवस्थामा गर्मि भएको भन्दै पौडी खेल्न खोलामा पस्दा बगाएर बेपत्ता बनाएको उहाँसंगै बालुवा झिक्न जानुभएका उहाँका साथीले जानकारी दिनुभयो । खोलाले बगाए पछी उहाँ बेपत्ता हुनुभएको हो ।
प्रहरीले खबर पाए लगत्तै खोज्न खोलामा पुगेको थियो । हालसम्म उहाँको अबस्था अज्ञात रहेको प्रहरी चौकी खार ग्वालिचौरका प्रहरी सहायक निरिक्षक गुरुप्रसाद न्यौपानेले बतानुभयो ।
प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०५:५६