बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ बोबाङ, सेरावाङमा आयोजना भएको तोक्वान्दो प्रतियोगीताको प्रमुख अतिथि हुन हेलिबाट आएका गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाँङ्गे नबोलmी फर्केका छन् ।
बागलुङ जिल्ला तेक्वान्दो संघ र गण्डकी प्रदेशको आयोजनामा सञ्चालित प्रतियोगीताको, खेलकुद मन्त्री मनाँङ्गेले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । खेलाडी, कार्यक्रमका अन्य अतिथि र सर्वसाधारणले मनत्री भएका मनाङ्गेले के बोल्लान भनेर आसा अपेक्षा राम्ररी गरेको देखिन्थ्यो । त्यत्तिमात्र होईन, शुभकामना व्यक्त गर्ने स्थानीय वडा अध्यक्ष, स्थानीय पालिकाका प्रमुखहरुले समेत खेलकुदसम्बन्धी माग प्रमुखअतिथि भइका मन्त्रीलाई राख्दै गए । मन्त्रीको भाषणबाट सम्बोधन होला भन्ने सोंचेका उनीहरु समेत प्रमुख अतिथिले मन्तव्य नराख्ने भनेपछि दंग परे ।
प्रमुख अतिथि भएर एकाध घण्टा भाषण नसुनेका सायद कोही थिउनन् होला तर मन्तव्य नै नराख्ने भनेपछि ड्यासका अतिथिहरु समेत दंग परे । कसैले बोल्नुपर्यो भनेर आग्रह गरे, अनुनय विनय पनि भयो तर मनाँङ्गे बोलेर केही हुँदैन, काम गर्छु बोल्निद भनेपछि सबै तैं चुप मैं चुप भए ।
प्रतियोगीता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि रहेका गण्डकी प्रदेश खेलकुद परिसदका सदस्य सचिव तेजबहादुर गुरुङलेलाई आफ्ना कुरा राख्न मन्त्री मनाँङ्गेले निर्देशन गरे । केही मौखिक कुराकानी भएपछि मन्त्रीका कुरा उनैले राखिदिए । खेलकुद परिसषदका सदस्य सचिव गुरुङले, गण्डकी प्रदेशका सबै स्थानीय पालिकामा खेलकुद विकास समिति गठन गर्नुपर्ने र खेल क्षेत्रको विकास तथा गतिविधिहरु तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथिको समेत सन्देश दिंदै सदस्य सचिव गुरुङले, गण्डकी प्रदेशका सबै स्थानीय पालिकामा खेलकुद विकास समिति मार्फत हरेक खेल प्रतियोगीताहरु आयोजना गर्ने र खेलकुद मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरीबहादुर घर्ति पुर्व जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष अर्जुन शेरचन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक घमबहादुर थापाको अध्यक्षता, जिल्ला संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव प्रतिक घर्ति मगरको सञ्चालनमा शुक्रबार उद्घाटन भएको प्रतियोगीता आज पनि सञ्चालनमा रहेको बताईएको छ ।
बागलुङ जिल्ला स्तरको प्रतियोगीतामा ८ वटा डोजाङ र गण्डकी प्रदेश स्तरको प्रतियोगीतामा ६ जिल्लाका खेलाडि सहभागी रहेको बताइएको छ ।










