नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले कम्युनिष्ट आन्दोलन विभाजन वाट नभइ एकतावद्ध भएर मात्रै समाजवादमा पुग्ने आधार तयार हुने बताउनुभयो ।
नेकपा एमाले बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले नेकपा एमाले साना पार्टिहरुलाइ संगठित गर्दै एकतावद्ध भएरै ठूलो भएको भन्दै विभिन्न राजनैतिक दलहरुबाट आउने साथिहरुलाई कार्यक्षमताको आधारमा उचित जिम्मेवारी दिइने बताउनु भएको छ। लोकतन्त्रमा राजनैतिक दलहरु कमजोर हुनु भनेको दुर्भाग्यपूर्ण भएको भन्दै अध्यादेश गलत भएको टिप्पणी गर्नुभयो।
एमाले नेतृत्वको सरकारले गरेका लिपुलेक सहितको नेपालको नक्सा, चिनसँगको पारवाहन सम्झौता, थुप्रै भौतिक पूर्वाधार विकास लगाएतका कामको फेहरिस्त सहित गर्न नसकेका कामको महसुस गर्दै जनतामा जाने बताउनु भएको छ। जनतालाई ढाँटेर होइन, गल्ति महसुस गरेर विश्वासका साथ अगाडि बढ्ने छौं, भन्दै सापकोटाले पार्टि एकिकरण, विभाजन लगाएतका विषयमा उपयुक्त समयमा समिक्षा गर्ने बताउनु भएको छ।
पार्टि एकिकरणपछि कार्यकर्तालाई सिद्धान्त पढाउन, सत्तामा पुगेका साथिहरुलाई गोरेटो देखाउन नसकेको स्वीकार गर्दै आगामि दिनमा पार्टि पूर्ववतः ढंगले सञ्चालन हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हिरा केसि, प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सदस्य मेहरसिंह पाइजा, जिल्ला कमिटि सदस्य तिर्थमणि भुसाल, जिल्ला कमिटि सदस्य विना थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कृष्ण भट्टराई लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम नेकपा एमाले बडिगाड गाउँकमिटिका संयोजक गुणानिधि घिमिरेको अध्यक्षता, सहसंयोजक वसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। भेलाले प्रत्येक वडा तथा टोलमा भेलाहरु सञ्चालन गर्ने, पार्टि सदस्यता नविकरण गर्ने, संगठन विस्तारको अभियान सञ्चालन गर्ने लगाएतको निर्णयहरु गरेको छ।










