पार्टिलाई जनस्तरमा स्थापित गर्ने गण्डकी प्रदेश सदस्य शर्माको भनाई
बागलुङको निसीखोला गाउँपालिकामा पनि शनिबार नेकपा एमालेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मोहनलाल शर्माले एमालेलाई जनस्तरमा स्थापित गरेर लैजाने बताउन्ुभयो ।
अन्तरपार्टि संघर्ष र जटिलताहरु साम्यभएर गइरहेकाले पार्टि अव मजबुत भएको बताउँदै नेता शर्माले, सबै कार्यकर्ता नेता मिलेर गाउँ गाउँमा पार्टि संगठन बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुनिल शेरचन र तुल्सीराम अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा जिल्ला कमिटि सदस्य लालवीर लोप्चन, लिलाबहादुर बुढा, हिरामणी पौडेल, ईन्द्रबहादुर शाही, रामप्रसाद चालिसे, नैनासिंह घतान र चुराबहादुर राना रहनुभएको थियो ।
कार्यक्रममा शुनिल शेरचन, तुल्सीराम अर्याल, टंकप्रसालद पौडेल लालवीर लोप्चनले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिका संयोजक रुद्र पौडेलको अध्यक्षता लिला बहादुर बुढाको स्वागत तथा जिल्ला कमिटि सदस्य भूमिराज घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको बताइएको छ ।
भेलाले आश्विन २५ गतेसम्म पालिकाका सबै वडातहमा कमिटि विस्तार गर्ने निर्णय गरेको बताइएको छ ।










