काँग्रेस बरेङको अधिवेशन अनिश्चित कालकालागि स्थगन

काँग्रेस बरेङको अधिवेशन अनिश्चित कालकालागि स्थगन
२०७८ असोज १० गते आईतबार ०६:०२

बागलुङको नेपाली काँग्रेस बरेङ गाउँपालिकाको नेतृत्व छनोटमा सर्वसम्मत हुन नसकेपछि अनिश्चित कालकालागि स्थगन भएको छ । सर्वसम्मत ढुङ्गले पालिकाको समिति चयन गर्ने प्रयास असफल भएपछि अधिवेशन स्थगित भएको बरेङ गाउँपालिका वडा नंं ५ का...

बागलुङको नेपाली काँग्रेस बरेङ गाउँपालिकाको नेतृत्व छनोटमा सर्वसम्मत हुन नसकेपछि अनिश्चित कालकालागि स्थगन भएको छ ।

सर्वसम्मत ढुङ्गले पालिकाको समिति चयन गर्ने प्रयास असफल भएपछि अधिवेशन स्थगित भएको बरेङ गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस पालिका मनोनित सदस्य अमर शेरपुर्जाले जानाकारी दिनुभयो ।

उहाँका अनुसार सभापति पदमा बिष्णु खत्री र मोतीराम गौतमले दावी गर्नुभएको थियो । दुर्वबीच सहमति नजुटेको र सहमतिका लागि एक पक्षको पुरै प्यानलले नाम फिर्ता लिएपछि विवाद उत्पन्न भएको हो । तत्कालका लागि प्रक्रिया अघि बढ्ने अवस्था नरहेपछि बरेङ गाउँपालिकाको अधिवेशन अनिश्चित कालकालागि स्थगन भएको छ ।

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार ०६:०२
प्रतिक्रिया दिनुहोस्