एमाले ढोरपाटन नगरका सह-संयोजक छन्त्याल एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष

एमाले ढोरपाटन नगरका सह-संयोजक छन्त्याल एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष
२०७८ असोज १० गते आईतबार ०७:४१

नेकपा एमाले जिल्ला कमिटि बागलुङको बैठकले जिल्लाका १० वटै पालिकामा संयोजक र सह-संयोजक चयन गरेको एक हप्ता वितेको छैन । एमाले ढोरपाटन नगरकाको सह-संयोजकमा केशर छन्त्याललाई चयन गरेको थियो । त्यसको ठीक एक हप्तामा छन्त्याल नेकपा (एकीकृत...

नेकपा एमाले जिल्ला कमिटि बागलुङको बैठकले जिल्लाका १० वटै पालिकामा संयोजक र सह-संयोजक चयन गरेको एक हप्ता वितेको छैन ।

एमाले ढोरपाटन नगरकाको सह-संयोजकमा केशर छन्त्याललाई चयन गरेको थियो । त्यसको ठीक एक हप्तामा छन्त्याल नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलाबाट बागलुङ जिल्ला उपाध्यक्षमा चयन हुनुभएको छ ।

पार्टिको अन्तर संघर्षमा केपी ओली इतिरको लाइनमा देखिएका छन्त्यालले ओलीले गरेको संसद विघटन मन परेको थिएन । पार्टि भित्रै झाँगीएको दुईलाईन संघर्षमा खरो उत्रिएका छन्त्याललाई एमाले ढोरपाटनको सह संयोजकमा चयन गरिएको थियो । छन्त्यालले आफूलाई नसोधी एमालेमा राखिएको थियो । त्यो आफूलाई शैद्धान्तिक हिसावले गलत बाटोमा फसेको पार्टिमा आफू नरहेको र आफू एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष चयन भइसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार ०७:४१
प्रतिक्रिया दिनुहोस्