बागलुङ नगर सभापतिमा उमाकान्त शर्मा विजयी

बागलुङ नगर सभापतिमा उमाकान्त शर्मा विजयी
२०७८ असोज ११ गते सोमबार ०६:१४

बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट नेपाली काँग्रेसका युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षका शर्माले शेरबहादुर देउवा पक्षबाट उमेद्वार बनेका...

बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट नेपाली काँग्रेसका युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् ।
रामचन्द्र पौडेल पक्षका शर्माले शेरबहादुर देउवा पक्षबाट उमेद्वार बनेका कर्ण हमाललाई पराजित गरेका हुन् । खसेको ३ सय ८८ मत मध्ये शर्माले २ सय २४ मत प्राप्त गरे भने हमालले १ सय ६२ मत पाए ।
उपसभापतिमा देउवा पक्षका नारायण पौडेल र पौडेल पक्षका प्रदिप गौतम बिजयी भए । पौडेलले २०१ र गौतमले २ सय मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा शर्मा प्यानलका आशिक राजभण्डारी २ सय ८ मत र कृष्ण पौडेल १ सय ९३ मत पाएर बिजयी भए । सहसचिवमा शर्मा प्यानलकै प्रकाश किसान १ सय ८७ र सञ्जय पौडेलले २ सय ६ मत प्राप्त गरेर बिजयी भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले बताए ।

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०६:१४
प्रतिक्रिया दिनुहोस्