अखिल (छैठौ) बागलुङद्धारा प्रकासन गरिएको विषेश बुलेटिन संगिनको आइतबार बिमोचन गरिएको छ ।
एक कार्यक्रमका विच राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले बिमोचन गर्नुृ भएको हो । पुस्तक बिमोचन गर्दै अधिकारीले अखिल (छैठौं) बागलुङले निरन्तर प्रकासन गर्दै आएको बुलेटिन केही समय रोकिए पनि पुन विषेश बुलेटिनको रुपमा प्रकासित भई बिमोचन गर्न पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो ।
अधिकारीले अखिल (छैठौं) बागलुङले कठिन अवस्थामा पनि बुलेटिन प्रकासन गरेको भन्दै प्रकासनमा खट्ने सम्पूर्ण नेता तथा कार्यकतालाई धन्यवाद दिनुभएको थियो ।
उक्त अवसरमा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सहइन्चार्ज गौरीश्वर पाण्डे , राष्ट्रिय परिषद सदस्य तिलक थापा, अखिल (छैठौं) राष्ट्रिय परिषद सदस्य दिलेन्द्र बुढा, जिल्ला सल्लाहकार मनिश कडेल, दिपेन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
५६ पुष्ठ रहेकोे बिषेश बुलेटिनको सम्पादन अखिल (छैठौं) का निर्वतमान जिल्ला अध्यक्ष इन्द्रमणि पाण्डेले गर्नु भएको छ भने मोहनविक्रम सिह, दुर्गानाथ खरेल, रामप्रकास पुरी लगायतका नेताहरुको लेख प्रकासन गरिएको छ ।
उक्त बिमोचन समारोहको अध्यक्षता जिल्ला अध्यक्ष गणेश सापकोटा र सञ्चालन सचिव विवश छन्त्यालले गर्नु भएको थियो ।










