बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं साधारणसभाको मंगलबार उद्घाटन गरिएको छ ।
क्लवका अध्यक्ष सोमबहादुर पौवी यामुको अध्यक्षतामा सुरुभएको साधारणसभा उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले, क्लवले दशै कोजाग्रत मेला लगाउने बेलामा मात्र आफूलाई सक्रिय बनाएको देखिएको छ । अन्य सामाजिक कार्यमा समेत सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
क्लवको बैठकले अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको तर सदस्यता नविकरण नगरेको देखिएपछि, सो विषयलाई समेत सम्बोधन गर्दै भण्डारीले क्लवको विधि र नियमसँगत संस्थामा नयाँ समिति आउनुपर्नेमा जोड दिनुभयो । संस्था सञ्चालन गर्ने भनेको क्लवको विधि विद्यान अनुसार हो, तसर्थ सदस्यता नविकरण गरेर आधिकारीक सदस्य बनेर मात्र नयाँ प्रक्रियामा जानुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले, क्लवले समाजमा शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्लवका आजीवन सदस्य तथा सञ्चारकर्मी राम सुवेदीले, विधानले व्यवस्था गरेका विधिको पानलन नगरिदै अधिवेशनको प्रक्रिया सुरु हुनु नसक्ने बताउनुभयो । क्लवले प्रत्येक वर्ष साधारण सदस्यता नविकरण गरेको हुनुपर्दछ, साधारण सदस्यता नै नभएपछि को यसको अधिवेशनमा सहभागी हुने भन्न्े प्रश्न रहने उहाँको तर्क थियो । सदस्यता नै नभएकाले क्लवको विधिनले चिन्दैन, भोली जस्ले पनि यसको दावी गर्न सक्ने उहाँको भनाई थियो । तत्काल साधारण सदस्यता नविकरणको समय राखेर मात्र अधिवेशनको प्रक्रियामा जानुपर्ने उहँले सुझाव राख्नुभएको थियो ।
यस्तै कल्वका पूर्व सचिव तथा मानार्थ सदस्य कमल भूसालले कलवले त्तकाल साधारण सदस्यता नविकरण गर्नुपर्ने र विधिसम्वत अधिवेशनमा जानुपर्ने बताउनुभएको थियो । विधि विनाको कमिटि गठन हुँदा कानूनी प्रश्न उठ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै क्लवका पूर्व अध्यक्ष अमर लोप्चनले समेत विधि र विधानको परिधिका रहेर अधिवेशनको प्रक्रियामा जानु उपयुक्त हुने विचार व्यक्त गर्नुभएको थियो ।
कायक्रममा रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डे, रेडियो बुर्तिबाङका मीनु विसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने, मानार्थ सदस्य धुव्र श्रेष्ठ, पूर्व उपाध्यक्ष प्रेम तामाङ, पूर्व कोषाध्यक्ष सोम रामदाम, सल्लाहकार बानबहादुर छन्त्याल लगायत क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष सोम बहादुर पौवी यामुले, आफ्नो कार्यकालमा सक्दो सामाजिक कामहरु गरेको बताउनुभयो । कोभिडको बेला टोलटोलमा पुगेर मास्क वितरण, भूजिखोला र निसीखोलाका बाढिपिडितहरुलाई राहत वितरण, वजार सरसफाई, यस क्षेत्रका अग्रज सामाजिक व्यक्तित्वहरुको सम्मान लगायतका कामहरु आफ्नो कार्यकालमा गरिएको उहाँको भनाई थियो । नयाँ नेतृत्व हस्तान्तरण समयमा गर्नुपर्नेमा कोभिडका कारण समस्या उत्पन्न भएको भन्दै पौवीले, विधानले निर्दिष्ट गरेको बाटोमै रहेर नयाँ कार्यसमितिलाई कलवको जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभएको थियो ।
कलवका कोषाध्यक्ष प्रेम खत्रीको स्वागत मन्तव्य तथा सदस्य झरना कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशन आगामी असोज १५ गते हुनेगरि कार्यक्रम सकिएको हो । सो अवधिमा सदस्यता नविकरण गर्ने सहमति भएको जनाइएको छ ।










