नेपाल कुची कलाकार समाजको राष्ट्रिय भेला सम्पन्न

नेपाल कुची कलाकार समाजको राष्ट्रिय भेला सम्पन्न
२०७८ असोज १४ गते बिहिबार ०४:४२

नेपाल कुची कलाकार समाजको राष्ट्रिय भेलाले तदर्थ समिति गठन गरेको छ । म्याग्दीको बेनीमा भएको भेलाबाट चितवनका राजेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । जस्को उपाध्यक्षमा कास्कीका मनोज तामाब, महासचिवमा...

भेलाले राजेन्द्र सुवेदीको अध्यक्षतामा तदर्थ समिति गठन

नेपाल कुची कलाकार समाजको राष्ट्रिय भेलाले तदर्थ समिति गठन गरेको छ । म्याग्दीको बेनीमा भएको भेलाबाट चितवनका राजेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

जस्को उपाध्यक्षमा कास्कीका मनोज तामाब, महासचिवमा तनहुँका राजेन्द्र गुरुङ, सचिवमा गोरखाका सविन खत्री सहित अन्य सदस्यहरुमा विष्णुलाल प्रजापती (चितवन) , सुरेन्द्र राना (म्याग्दी), अमृत सिर्पाली (म्याग्दी), मछिन्द्र शाक्य (बागलुब), सुवास अधिकारी (लम्जुङ), भरत पौडेल (नवलपुर), चन्द्र किरण पौडेल धादिङ, प्रकाश बुढामगर ( बागलुङ) र प्रेम बहादुर तामाङ (झापा) रहनुभएको छ ।

पेशागत हित र सुरक्षाका लागि कूची कलाकाहरको भेलाले समिति गठन गरेको हो । संगठित भएर आफ्नो पेशाको जगेर्ना र मर्यादा बढाउन तदर्थ समिति बनाइएको अध्यक्ष सुवेदीले बताउनुभयो । भेला पूराना कलाकार मछिन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०४:४२
प्रतिक्रिया दिनुहोस्