एनभीए कप भलिवलमा गलकोट क्वाटरफाईनलबाट बाहिरियो,आर्मि सेमिफाईनलमा प्रवेश

एनभीए कप भलिवलमा गलकोट क्वाटरफाईनलबाट बाहिरियो,आर्मि सेमिफाईनलमा प्रवेश

घनश्याम गौतम

@समय नेपाल

२०७८ असोज १४ गते बिहिबार ०६:३५

गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटर फाईनलमा बिभागिय टोली त्रिभुवन आर्मि क्लव संग पराजित भएको छ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लव भलिवल च्याम्पियनसिपको पुरुषतर्फ  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा...

गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटर फाईनलमा बिभागिय टोली त्रिभुवन आर्मि क्लव संग पराजित भएको छ ।
छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लव भलिवल च्याम्पियनसिपको पुरुषतर्फ  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहिबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई पराजित गदैं बिभागिय टोली आर्मि सेमिफाईनलमा प्रवेश गरेको हो ।

त्रिभुवन आर्मी क्लबले पहिलो, तेस्रो र चौथो सेटमा क्रमश २५–१५, २५–१५ र २५–१३ को सेटमा गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो । गलकोट स्पोटस् क्लवले दोस्रो सेटमा २५–१९ को सेटमा पराजित गरेपनि अन्य सेटमा जित निकाल्न नसक्दा क्वाटर फाईनलबाट बाहिरिएको हो ।

पहिलो पटक बिभागिय टोलिसंग प्रतिस्प्रर्धा गरेको गलकोट स्पोट्स क्लवले उत्कृष्ट प्रर्दशन गदैं दर्शको साथ पाएको थियो । मेला महोत्सवमा आयोजित भलिवल खेलको मात्रै अनुभव बटुलेका गलकोटका खेलाडिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त खेलाडिहरुबिच उच्च मनोबलका साथ प्रतिस्प्रर्धा गरेका थिए ।

निकै अनुभवी खेलाडिहरु रहेको आर्मिसंग प्रतिस्प्रर्धामा उत्रिएको गलकोटका युवा खेलाडिहरुले खेलमा उत्कृष्ट प्रर्दशन गदैं बिभागिय टोलीलाई दवाव दिएको थियो ।
नेपाल भलिवल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेको गलकोटले उत्कृष्ट ७ मा पर्ने अपेक्षा खेलाडिहरुले लिएका छन् ।

उत्कृष्ट सातमा महिला तथा पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन्  । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने नेपाल भलिवल संघले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०६:३५
प्रतिक्रिया दिनुहोस्