तमानखोला गाउँपालिका द्धारा अध्ययन अनुमति पत्र लिनेहरुका लागि तयारी सामाग्री वितरण

तमानखोला गाउँपालिका द्धारा अध्ययन अनुमति पत्र लिनेहरुका लागि तयारी सामाग्री वितरण
२०७८ असोज १७ गते आईतबार ०८:२१

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले आफ्नो पालिकाबाट अध्ययन अनुमतिपत्र लिनेहरुका लागि तयारी सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाको शिक्षा शाखा मार्फत पालिकामा रहेका तथा अध्ययन अनुमति पत्र लिन न्यूनतम योग्यता पुगेका १...

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले आफ्नो पालिकाबाट अध्ययन अनुमतिपत्र लिनेहरुका लागि तयारी सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाको शिक्षा शाखा मार्फत पालिकामा रहेका तथा अध्ययन अनुमति पत्र लिन न्यूनतम योग्यता पुगेका १ सय जनाभन्दा बढीलाई परीक्षाका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो ।

पालिकामा शैक्षिक गतिविधिमा क्रियाशील रहेका तथा न्यूनतम योग्यता पुगेका शैक्षिक व्यक्तिहरुलाई अध्ययन सामाग्री प्राप्त गर्न सूचिकरण हुन माग गरेको थियो । जस अनुसार पालिकाभित्रबाट सूचिकृत भएका १ सय भन्दा बढीलाई तयारी सामाग्री हस्तान्तरण गरिएको शिक्षा शाखा अधिकृत पूर्ण बहादुर घर्तिले बताउनुभयो ।

पालिकाभित्र रहेका र अध्ययन अनुमतिपत्र लिन चाहनेहरुका लागि स्थानीय सरकारको समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । सबैले उत्कृष्ठ ढंगले तयारी गरेर परीक्षामा उतीर्ण हुनसमेत अध्यक्ष बुढाले शुभकामना व्यक्त गर्नुभएको थियो ।गाउँपालिकाको एक कार्यक्रममा उनीहरुलाई शिक्षा नियमावली, नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अध्ययन अनुमति दर्पण एक-एक थान हस्तान्तरण गरिएको हो ।

यस्तै पालिकाको शिक्षा शाखाले, गत भाद्र महिनामा जुमबाट तीनबटा माध्यमिक विद्यालयका विद्यार्थीलाई बक्तृत्वकला प्रतियोगीता गराएको थियो । उनीहरुलाई समेत पसरस्कार वितरण गरेको छ । बक्तृत्वकला प्रतियोगीतामा प्रथमहुने शान्ति मावि खुँखानीका रबिना पुन र धनगौज्योती माध्यमिक विद्यालयका भविन्द्र सिउतानीलाई पुरस्कृत गरिएको छ ।

यस्तै प्रतियोगीतामा द्धितिय हुने जनजागृत्ति माध्यमिक विद्यालयका बुद्धिमायाँ घर्ति र बुद्धबहादुर घर्ति, तृतिय स्थान हासिल गर्ने शान्ति माध्यमिक विदालयका सिमान्त छन्त्याल र धनगौज्योति मावि तमानका संगीता छन्त्याललाई समेत पालिकाले पुरस्कृत गरेको छ ।
कार्यक्रममा पालिकामा रहेको गरिव तथा जेहेन्दार विद्यार्थी, लक्षित समुदाय अन्तरगत जनजाति र दलित विद्यार्थी त्यस्तै फरक क्षमता भएका विद्यार्थीहरुका लागि झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा भएको हो । जहाँ उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, वडा अध्यक्षहरु थमबहादुर रोका, मीन बहादुर घर्ति, उदिमबहादुर छन्त्याल, हिराबहादुर सिर्पाली, कुलबहादुर छन्त्याल, कार्यपालिका सदस्य लिलाकुमारी विश्वकर्मा प्रभु बैंकका प्रबन्धक रेशम आचार्य लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्ण बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०८:२१
प्रतिक्रिया दिनुहोस्