बुर्तिबाङ- बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा रहेको एक विद्यालयमा शिक्षक विद्यार्थी विरामी पर्न थाले पछि ५ दिनको लागि विद्यालय बन्द गरिएको छ ।
तमानखोला २ खोलेस्वाङ स्थित खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी विरामी हुन थालेसगैँ गत बुधबार बाट आईतबार सम्म ५ दिनको लागि विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक कुल बहादुर घर्तिले बताउनुभयो । मौसम परिवर्तन सगैँ ज्वरो, रुघा खोकीका बिरामी बढ्न थालेको र एक जना शिक्षिकामा कोरोना पोजेटिभ देखिएकोले केहि दिन पुर्ण रुपमा विद्यालय बन्द गरिएको घर्तिले जानकारी दिनुभयो ।
तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालका अनुसार भोली सोमबार विद्यालयमा पुगि एन्टिजेन परिक्षण गरिने जनाइएको छ । विद्यालयले गाउँपालिकामा केहि ढिलो जानकारी गराएको हुदाँ सोमबार मात्र परिक्षण गरिने छन्त्यालले बताउनुभयो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिनेन्ट परिक्षणमा तमानखोलाकी एक शिक्षिकामा कोरोना पोजेटिभ देखिएको थियो ।
केहि दिन शुन्य संक्रमित रहेको तमानखोला गाउँपालिकामा अव भने एक जना संक्रिमित थपिनु भएको हो । उहाँ होम आईसुलेसनमा रहेको जनाईएको छ । भोली सोमबार लक्षण देखिएका शिक्षक,विद्यार्थीमा परिक्षण गरिने भएकोले कोरोना सगँ मिल्दो जुल्दो लक्षण देखा परेका विरामीहरु विद्यालयमा उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ ।










