बागलुङको गलकोट नगरपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम तयार गर्दै

बागलुङको गलकोट नगरपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम तयार गर्दै

ईश्वर सुवेदी

@समय नेपाल

२०७८ असोज १८ गते सोमबार ०६:३४

गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आफ्नै स्थानीय विषय बस्तुलाई केन्द्रित गरि विभिन्न स्थानिय विषय वस्तु समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको हो । जसका लागि गलकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलो...

गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आफ्नै स्थानीय विषय बस्तुलाई केन्द्रित गरि विभिन्न स्थानिय विषय वस्तु समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।

जसका लागि गलकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलो चरणको स्थानीय पाठ्यक्रम कार्यशाला गोष्ठी यहि असोज १६ र १७ गते नगर भित्रका सामुदायिक एवम् संस्थागत विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समिती, नगर शिक्षा समिती, कार्यपालिका सदस्य लगायतको उपस्थितीमा सम्पन्न गरिसकेको छ ।

कार्यशाला गोष्ठीको समापन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानीय स्तरमा योजना कार्यान्वयन गर्नका लागि राज्यका सम्पुर्ण निकायहरु जिम्मेवार हुनुपर्ने वताउनुभयो । उहाँले कुनै वहाना अनि पुर्वाग्रह भएर आफ्नो जिम्मेवारबाट पछी हट्न नहुने भन्दै यसका लागि समन्धित सरोकारवाला पक्ष स्वयम् जवाफदेही भै परिमाण देखिने गरि काम गर्नुपर्ने बताउनुभयो ।

गैरेले गलकोट नगरपालिकाले शैक्षिक विकेन्द्रीकरण गरि पाठ्यक्रमको स्थानियकरण गर्दै स्थानिय ज्ञान, सीप, क्षमता तथा अभिवृद्धि गरि विद्यार्थी जीवनलाई अनुभव संग अर्थपुर्ण र सान्दर्भिक बनाउने उदेश्यले स्थानीय स्तरको वातावरण रहनसहन वस्तुस्थिती समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, स्थानीय पाठ्यक्रम निर्माण भएसंगै यहाँका विद्यार्थीहरुलाई आफ्नो ठाउँको सामाजिक मूल्य मान्यता संगै स्थानीय स्तरको सम्पुर्ण किसिमको ज्ञान हुने भन्दै यसका लागि सम्वन्धित सरोकारवाला निकाय लगायत बुद्धिजिवी शिक्षाविद्हरुले गहन छलफल र अध्ययन गरि आवश्यक परामर्श गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यशाला गोष्ठी अन्तर्राष्ट्रिय अनुसन्धान तालिम तथा विकास केन्द्र ललितपुरको प्राविधिक सहयोगमा सम्पन्न गरेको हो । कार्यशाला गोष्ठीमा सहजकर्ताहरु मनिराम शर्मा र कर्म धितालले स्थानीय पाठ्यक्रम निर्माणको क्रममा ढाँचा, अबधारणा, व्यवस्था, निर्माणको नितिगत व्यवस्था, निर्माण प्रकिया, आवश्यकता औचित्यता र विशेषता, सम्भावित विषय क्षेत्र संगै पाठ्यक्रममा समाबेश हुनुपर्ने कुराहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

पहिलो चरणको कार्यशालामा प्रत्येक वडागत रुपमा समूह विभाजन गराई छलफल गर्दा आएका सुझाव सल्लाह एवम् प्रतिक्रियाहरु अध्ययन गरी पुन आगामी महिनामा दोस्रो चरणको छलफल र कार्यशाला गोष्ठी गरी पाठ्यक्रम निर्माणको पुर्ण रुप दिइने गलकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार ०६:३४
प्रतिक्रिया दिनुहोस्