तमानखोलाको खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक सहित ५ जनामा कोरोना संक्रमण

तमानखोलाको खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक सहित ५ जनामा कोरोना संक्रमण
२०७८ असोज १९ गते मङ्गलबार ०७:४२

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा रहेको एक विद्यालयमा शिक्षक विद्यार्थी विरामी पर्न थाले पछि बन्द गएिको विद्यालयमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला २ खोलेस्वाङ स्थित खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक,...

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा रहेको एक विद्यालयमा शिक्षक विद्यार्थी विरामी पर्न थाले पछि बन्द गएिको विद्यालयमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तमानखोला २ खोलेस्वाङ स्थित खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी विरामी हुन थालेसगैँ गत बुधबार बाट आईतबार सम्म ५ दिनको लागि विद्यालय बन्द गरिएको थियो । सोमबार विद्यालयमा ४१ जनामा गरिएको एन्टिजेन परिक्षणमा थप १ शिक्षक सहित ४  विद्यार्थी गरि ५ जनामा संक्रमण देखिएको प्रध्यानाध्यापक कुल बहादुर घर्तिले बताउनुभयो । विद्यालयमा मौसम परिवर्तन सगैँ ज्वरो, रुघा खोकीका बिरामी बढ्न थालेका हुन् ।

होम आईशुलेसनमा रहनुभएकी एक शिक्षिका सहित गाउँपालिकामा संक्रमितको संख्या ६ जना पुगेको प्रमुख प्रसासकिय अधिकृत विकास लम्सालले बताउनुभयो । अव दशैँ पछाडि विद्यालय खोल्ने गरि विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक घर्तिले जानकारी दिनुभयो । तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखाको टोली सोमबार विद्यालयमा पुगि एन्टिजेन परिक्षण गरेका हुन् ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०७:४२
प्रतिक्रिया दिनुहोस्