बुर्तिबाङमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पुर्णिमा मेला हुने

बुर्तिबाङमा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पुर्णिमा मेला हुने

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ असोज २३ गते शनिवार ०९:१४

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता हुने भएको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता हुने भएको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।

आउदोँ कार्तिक ३ गते कोजाग्रत पूर्णिमाको दिनदेखि हुने प्रतियोगितामा खुल्ला पुरुष र महिला नगरपालिका स्तरीय मेयर रनिङ भलिबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य, खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन,रस्साकस्सा, महिला तथा पुरुष छेलो, र दोहोरीगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष शमसेर बि.कले बताउनुभयो ।

शनिबार आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराईएको हो । प्रतियोगितामा पुरुष खुल्ला पालिका स्तरीय भलिबलको प्रथम हुने टोलीले पुरस्कार स्वर्णसहित नगद रु १ लाख १ हजार ११ र दोस्रो हुनेले नगद रु ६१ हजार १ सय ११ प्राप्त गर्नेछ ।

त्यस्तै महिला खुल्ला पालिका स्तरीय भलिबलको प्रथम पुरस्कार नगद रु ६१ हजार १ सय ११ र दोस्रो हुनेलाई ४१ हजार १ सय ११ राखिएको रहेको क्लबका अध्यक्ष बि.कले बताउनुभयो । गएको वर्ष कोरोना माहामारीका कारण कार्यक्रको आयोजना नगरिएको तर यस वर्ष कोरोना महामारी केहि सामान्य बनि सकेसगैँ सो कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव झरना कंडेलले बताउनुभयो ।

कार्यक्रमको अवसरमा खेलाडी सम्मान सहित स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रमा अनुमानित ३० लाख २२ हजार ३ सय ३२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आज पत्रकार सम्मेलनमा स्थानिय मिडियाका पत्रकार सगैँ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०९:१४
प्रतिक्रिया दिनुहोस्