बागलुङमा तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर

बागलुङमा तोकियो ट्याक्सी र जीपको अस्थायी भाडादर
२०७८ असोज २५ गते सोमबार ०६:५४

बागलुङ- बागलुङमा ट्याक्सी र जीपको अस्थायी भाडादर कायम भएको छ । अस्थायी तथा स्थायी रुड परमिट पाएका सडकमा गुड्ने ट्याक्सी तथा जीपहरुको अस्थायी भाडादर कायम गरिएको हो । जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भाडादर...

बागलुङ- बागलुङमा ट्याक्सी र जीपको अस्थायी भाडादर कायम भएको छ । अस्थायी तथा स्थायी रुड परमिट पाएका सडकमा गुड्ने ट्याक्सी तथा जीपहरुको अस्थायी भाडादर कायम गरिएको हो ।

जिल्ला यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भाडादर कायम गरेको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले बताउनुभयो । यसअघि ट्याक्सी र जीपको भाडामा मनोमानी भएको भन्दै गुनासो आएको थियो । भाडादर कायम गर्न बसेको यातायात व्यवस्थापन समितिको बैठकले भाडा दरको सूची तयार गर्न यातायात व्यवस्था कार्यालयलाई जिम्मेबारी दिएको थियो ।

अस्थायी रुपमा कायम भएको भाडादर रिर्जर्भका लागि अलगै र भाडामा अगलै हुने गरी कायम भएको छ । ‘भाडादर कायम भएको छ सोही अनुसार नभए कारवाही हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले भन्नुभयो ‘यातायात व्यवस्था कार्यालयले सर्वसाधारणका लागि सूचना जारी गर्छ सोही अनुसार हुन्छ ।’
तत्कालका लागि जनगुनासो धेरै आएकाले अस्थायी भाडादर कायम गरिएको यातायात व्यवस्था कार्यालयका प्रमुख थापाले बताउनुभयो । यातायात व्यवसायी समिति र कम्पनीहरुले दिएको भाडादरको सूझावका आधारमा जीपको समेत भाडादर कायम भएको छ ।

प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार ०६:५४
प्रतिक्रिया दिनुहोस्