बागलुङका कोट मन्दिरहरुमा फुलपाती भित्र्याइयो

बागलुङका कोट मन्दिरहरुमा  फुलपाती भित्र्याइयो
२०७८ असोज २६ गते मङ्गलबार ०६:५८

आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याईएको छ । नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विभिन्न मन्दिरहरुमा विधिवत् फुलपाती भित्र्याइएको हो । बाग्लुङको कालिका भगवती...

आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याईएको छ ।

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विभिन्न मन्दिरहरुमा विधिवत् फुलपाती भित्र्याइएको हो । बाग्लुङको कालिका भगवती मन्दिर सगैँ पश्चिम बागलुङका विभिन्न कोट मन्दिरहरुमा पुजा आजा गरी फुलपाति भित्र्याईएको जनाईएको छ ।

घटस्थापनाका दिनदेखि वौद्धिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।

बुर्तिबाङ स्थित कालिका भगवति मन्दिर,प्रहरी कार्यलयमा रहेको मन्दिर,भब्रेता स्थित कालिका मन्दिर,पुकोट स्थित खडकबडा मन्दिर,अर्नाकोट,राजकुट लगायतका स्थानमा रहेका कोटघरहरुमा फूलपाती भित्र्याईएको जनाईएको छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्राउने प्रचलन छ । फूलपाती भित्राउन साइतको आवश्यता नपर्ने जनाईएको छ ।

प्रकाशित मिति २०७८ असोज २६ गते मङ्गलबार ०६:५८
प्रतिक्रिया दिनुहोस्