बडिगाडको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन

बडिगाडको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन

देउमाया राना

@समय नेपाल

२०७८ असोज २८ गते बिहिबार ०१:१२

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं.२ सिमलचौरमा निर्माण गरिएको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन गरिएको छ । नवरात्रको अवसर पारेर नव निर्मित मन्दिरको उद्घाटन गरिएको हो । सिमलचौरमा बसोबास गर्ने सम्पूर्ण कत्श्यव अधिकारी...

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं.२ सिमलचौरमा निर्माण गरिएको डाँडा कालिका भगवती मन्दिरको उद्घाटन गरिएको छ । नवरात्रको अवसर पारेर नव निर्मित मन्दिरको उद्घाटन गरिएको हो । सिमलचौरमा बसोबास गर्ने सम्पूर्ण कत्श्यव अधिकारी वंशहरुद्वारा उक्त मन्दिरको निर्माण गरिएको हो ।

२०७५ सालदेखि निर्माण सुरु गरिएको उक्त मन्दिर निर्माण सम्पन्न गरि उद्घाटन गरिएको निर्माण समितिले जनाएको छ । पहिलेदेखि उक्त डाँडामा कालिका भगवतिको पुजा गरिदै आएको र अहिले मन्दिर स्थापना गरी पुजा पाठ गर्ने उद्देश्यका साथ अहिले सम्पूर्ण अधिकारी वंशहरुको सक्रियतामा सो मन्दिर निर्माण सम्पन्न गर्न सफल भएको स्थानीय सुर्य बहादुर अधिकारीले बताउनुभयो ।

डाँडा कालिका भगवती मन्दिरमा कालिका भगवति माताको मुर्ति राखिएको छ । डाँडा कालिका मन्दिरमा बिशेष गरि वडा दशैको अष्टमी र चैते दशैको अष्टमीमा पुजा गरिने मन्दिर निर्माण समिति का संयोजक ओम बहादुर अधिकारीले बताउनुभयो । कालिका भगवतिको मुर्ति राखिए संगै आम श्रद्धालु भक्तजनका लागि पुजा आजा तथा मन्दिर दर्शनको लागि मन्दिर हरेक दिन खुला रहने पनि उहाँले बताउनुभयो । करिब पचास लाखको लागतमा उक्त मन्दिरको निर्माण सम्पन्न गरिएको सुर्य बहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असोज २८ गते बिहिबार ०१:१२
प्रतिक्रिया दिनुहोस्