बागलुङ- विभिन्न संचार माध्यम र पत्रिकाहरुमा टाँठाबाठाले मान्दैनन् मापदण्ड शीर्षकको समाचारमा ध्यानाकर्षण भएको जनाउँदै आफूहरुले मापदण्ड पूरा गरी भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिइसकेको जनाएको हो ।
बागलुङ नगरपालिका वडा २ मा निर्माण भएको गोल्डेनगेट कम्प्लेक्सले आफूसंग भवन निर्माण सम्पन्न भएपछि बागलुङ नगरपालिकाले दिएको भवन सम्पन्नताको प्रमाणपत्र भएको दाबी गरेको छ ।
आफूहरुले २०७७ साल मंसिर ११ गते नै भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिएको नेत्रबहादुर विष्टले बताउनुभयो । नगरपालिकाले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिकाले कार्यपालिकाबाट नै निर्णय गराएर आफूहरुलाई भवन सम्पन्नताको प्रमाणपत्र दिएको उहाँले बताउनुभयो ।
बागलुङ नगरपालिकाले ५ तलाको भवन निर्माण स्वीकृति लिएर ६ तलाको निर्माण गरेको भन्दै बिना स्वीकृति बनाएको तल भत्काउनका लागि २०७६ साउनमा गोल्डेनगेट कम्प्लेक्सका निर्माता नेत्रबहादुुर विष्ट, छबिलाल पुन र इन्द्रबहादुर थापालाई पत्राचार गरेको थियो । उनीहरुले निर्माण गरेको कम्प्लेक्स छैठौ तलासम्मको छ ।
बागलुङ नगरपालिको उनीहरुलाई उपलब्ध गराएको भवन निर्माण सम्पन्नताको प्रमाणपत्रमा भने पाँच तलासम्मको मात्रै विवरण उल्लेख गरिएको छ ।










