नेपाली कांग्रेसको बडिगाडमा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम आज सकिने

नेपाली कांग्रेसको बडिगाडमा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम आज सकिने
२०७८ कार्तिक १ गते सोमबार ०७:४४

बडिगाड- नेपाली कांग्रेस बडिगाड गाउँपालिका–३ सिसाखानी र नेपाल तरुणदल सिसाखानीको आयोजनामा दुई दिने कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम आईतबारबाट सुरु भएको छ । कार्यक्रमको उद्ध्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी...

बडिगाड- नेपाली कांग्रेस बडिगाड गाउँपालिका–३ सिसाखानी र नेपाल तरुणदल सिसाखानीको आयोजनामा दुई दिने कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम आईतबारबाट सुरु भएको छ । कार्यक्रमको उद्ध्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी जीत शेरचनले नेपालका कम्युनिष्ट पार्टीले ठुृलो बहुमत लिएर सरकारमा गएको भएपनि सरकार संचालन गर्न असफल भएको बताउनुभएको थियो। अबको समयको भनेको नेपाली कांग्रेसको भएको उहाँले बताउनुभयो ।

‘जनताबाट ठुलो बहुमत लिएर सत्तामा गएका नेपालका कम्युनिष्ट पार्टी सरकार चलाउन असक्षम भएको सबैले बुझिसकेका छन् । नेपालका कम्युनिष्ट पार्टी सरकार चलाउन असफल भए । अब देशमा नेपाली कांग्रेसको माहोल आउदै छ’, शेरचनले भन्नुभयो ।

कम्युनिष्ट पार्टीहरु प्रति नेपालीहरु निरास रहेको उहाँको भनाई थियो । नेपाली कांग्रेसले मात्र सो निरासालाई चिर्न सक्ने भएकाले कार्यक्रतालाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने गरि संगठनलाई बलियो बनाएर निर्वाचनमा जान लागी तयार रहन समेत शेरचनले आग्रह गर्नुभयो।

अबको बिकल्प भनेको नेपाली कांग्रेस रहेको र अन्य कुनै पनि शक्तिले सत्ता संचालन गर्न नसक्ने उहाँको तर्क थियो । अबको महाधिवेसनमा पनि सक्षम नेत्रृत्व चयन हुनु पर्र्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांगेसकी जिल्ला सदस्य गण्डकी थापा अधिकारी, नेपाली कांग्रेसका पुर्व महाधिवेसन प्रतिनिधी यामेन्द्र घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रमको पहिलो दिन नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी जीत शेरचन, नेपाली कांगेसकी जिल्ला सदस्य गण्डकी थापाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम नेपाली कांगेस सिसाखानीका सभापति दिल बहादुर पुनको अध्यक्षता, नेपाल तरुण दल सिसाखानीका अध्यक्ष बिष्णु भुजेलको स्वागत तथा तरण दल सिसाखानीका सचिव सचिन घर्तिको संचालनमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रम सोमबार आज पनि संचालन हुने जनाईएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १ गते सोमबार ०७:४४
प्रतिक्रिया दिनुहोस्