ढोरपाटन शिकार आरक्षमा यस वर्ष १० नाउर र ६ वटा झारलको शिकार अनुमति, शिकार पर्यटन सुरु

ढोरपाटन शिकार आरक्षमा यस वर्ष १० नाउर र ६ वटा झारलको शिकार अनुमति, शिकार पर्यटन सुरु
२०७८ कार्तिक २ गते मङ्गलबार ०७:५२

ढोरपाटन - नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जङ्गली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन गर्दछन । शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग...

शिकारी सहितको टोलीले १५ दिन जंगलमै समय बिताउने

ढोरपाटन – नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जङ्गली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन गर्दछन ।

शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा खटाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ वटा झारलको शिकार अनुमति दिएको छ ।

२ गतेदेखि मङ्सिरसम्म शिकार पर्यटन जारी रहनेछ । विभागले हरेक बर्ष दुई याममा गरी बार्षिक २० नाउर र ११ झारलको शिकार गर्न अनुमती दिने गर्दछ ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड टे«ल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारीले नाउर झारल शिकारका लागि अनुमती पाएका छन् ।

 

पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत बर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्न अनुमती दिने गरिएको छ ।

खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारी सहितको टोलीले १५ दिन जंगलमै समय विताउँछन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

नाउर झारलको मुल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिव २० देखि २२ लाख रुपियाँ खर्च गर्ने शिकार पर्यटन व्यवसायी अमृत थापाले बताउनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक २ गते मङ्गलबार ०७:५२
प्रतिक्रिया दिनुहोस्