अविरल वर्षाका कारण ढोरपाटन ६ खाल्टेखुल्टीमा घरगोठ सहित आलुबारी बगायो

अविरल वर्षाका कारण ढोरपाटन ६ खाल्टेखुल्टीमा घरगोठ सहित आलुबारी बगायो
२०७८ कार्तिक ४ गते बिहिबार ०८:५६

आईतबार देखी परेको अविरल वर्षातका कारण जिल्लाको ढोरपाटन नगरपालिका ६ मा एक घरगोठ बगाएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ६ छ्यान्टुङ खाल्टेखुल्टी भन्ने स्थानमा सोमबार साझँ विर बहादुर वि.कको घरगोठ सहित आलुवारी बगाएको छ । गुर्जाघाट...

आईतबार देखी परेको अविरल वर्षातका कारण जिल्लाको ढोरपाटन नगरपालिका ६ मा एक घरगोठ बगाएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ६ छ्यान्टुङ खाल्टेखुल्टी भन्ने स्थानमा सोमबार साझँ विर बहादुर वि.कको घरगोठ सहित आलुवारी बगाएको छ । गुर्जाघाट हुदैँ उत्तरगगा मिसिने खेलामा पानीको बहाव बढेपछि साझँ नै आफन्तकोमा गएको समयमा विकको घरगोठ बगाएको थियो ।

साथै पहिरोले छ्यान्टुङ सातमार्नाको ५०–५५ रोपनी जग्गा बगेको स्थानिय नवज्वति आधारभुत विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र घर्तिले जानकारी दिनुभयो । उक्त खोलाले तिल बहादुर वि.कको लैनो गाई र त्यस वरपर रहेका ८ ओटा गोठ बगाएको छ ।

छ्यान्टुङ देखी सातमार्ना जोड्ने काठको साघुँ समेत बगाउदाँ स्थानियहरुलाई आवजजावत गर्न समस्या भैरहेको प्रध्यानाध्यापक घर्तिले बताउनुभयो । अहिले पनि हल्का पानी परिरहेको र खोलाको बहाव भने नघटेको जनाईएको छ ।

सो घटनाबारे वडा अध्यक्ष जिवनकुमार पुनलाई खबर गरिएको र दिउँसो नै वडा अध्यक्ष सहितको टोली घटनास्थल पुग्नुभएको थियो ।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०८:५६
प्रतिक्रिया दिनुहोस्