नगरप्रमुखको कार्यशैली प्रति ढोरपाटन नगरका ६ राजनैतिक दलद्धारा संयुक्त विज्ञप्ति,नसच्चिए आन्दोलन गर्ने चेतावनी

नगरप्रमुखको कार्यशैली प्रति ढोरपाटन नगरका ६ राजनैतिक दलद्धारा संयुक्त विज्ञप्ति,नसच्चिए आन्दोलन गर्ने चेतावनी
२०७८ कार्तिक ४ गते बिहिबार ०७:४६

ढोरपाटन नगरपालिकाका विभिन्न ६ राजनैतिक दलले विहिबार पत्रकार सम्मेलन गरि एक संयुक्त विज्ञप्ति जारि गरेका छन् । जारि विज्ञप्तिमा ढोरपाटन नगरपालिका र नगरप्रमुखको कार्यशैलीको विरोध तथा सञ्चालित गतिविधिहरु नरोकिए आन्दोलन गर्ने...

बुर्तिबाङमा जारी मेला समेत बहिस्कार गर्ने

ढोरपाटन नगरपालिकाका विभिन्न ६ राजनैतिक दलले विहिबार पत्रकार सम्मेलन गरि एक संयुक्त विज्ञप्ति जारि गरेका छन् । जारि विज्ञप्तिमा ढोरपाटन नगरपालिका र नगरप्रमुखको कार्यशैलीको विरोध तथा सञ्चालित गतिविधिहरु नरोकिए आन्दोलन गर्ने सम्मको चेतावनी दिएका छन् ।
ढोरपाटन नगरपालिकामा रहेका राजनैतिक पार्टिहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी र जनता समाजवादी पार्टिका प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारि गरेका हुन् ।

विज्ञप्तिमा, ढोरपाटन नगरपालिकाले, जनताको पीडा र मर्कालाई सम्बोधन गर्नुभन्दा आफ्नो निहित स्वार्थमा लागेको आरोप लगाएको छ । पार्टिका प्रतिनिधिहरुले जारि गरेको विज्ञप्तिमा ढोरपाटन नगरपालिकालाई देरभरकै भ्रष्ट पालिका भएको दलहरुको निष्कर्ष छ । नगरप्रमुखले जनताको रगत पसिनाबाट आर्जित वजेटलाई आफ्नो मनोमानी प्रयोग गरेको, स्थानीय तह सञ्चालन ऐन विपरित गतिविधिहरु गरेको, जनतालाई अनावश्यक प्रलोभन देखाएर कमजोर राजनैतिक चेतनाको फाईदा उठाएर पार्टि प्रवेश गराएको, मेला तथा पर्वको नाममा विना निर्णय ठूलो परिणममा बजेट निकासा गरेको, कुनै एक निहित संस्थालाई आफू चर्चित हुने मनाशयले नगरको स्रोत साधन दुरुपयोग गरेको दलहरुले आरोप लगाएका छन् ।

विज्ञप्ति जारि गर्ने दलका प्रतिनिधिहरुमा नेपाली काँग्रेसका ढोरपाटन नगर सभापति धनबहादुर कायत, माओवादी केन्द्रका अध्यक्ष भिम गौतम, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष हरिबहादुर घर्तिमगर, राष्ट्रिय जनमोर्चाका ढोरपाटन नगर उपाध्यक्ष तमबहादुर घर्ति, नेकपा क्रान्तिकारी माआोवादीका केन्द्रिय सदस्य निलबहादुर पुन र जनता समाजवादी पार्टिका ढोरपाटन नगर संयोजक गंगाबहादुर घर्तिमगर रहेका छन् ।

उनीहरुद्धारा जारि विज्ञप्तिमा, नगरपालिका स्थापित भए यता हालसम्म शिक्षा, स्वास्थ्य लगायतका स्थानमा आफूखुसी कर्मचारी नियुक्ति गरेको, सरुवा बढुवा गरेको, जग्गा व्यवस्थापन, सडक एवम् भौतिक सामाग्री खरिद तथा कोरोना व्यवस्थापन, बाढिपिडितलाई दिने राहत वितरण र जस्तापाता, पाईप खरिदमा चरम अनियमितता भएको थप आरोप लगाएका छन् । यसको तथ्यगत वास्तविकता छिट्टै जनतामाझ ल्याउने दलहरुको प्रतिवद्धता समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यस खालका गतिविधिहरु तत्काल सच्याउन नगरप्रमुख समक्ष उनीहरुको माग छ । नसच्चिए थप आचन्दोलन गर्ने भन्दै त्यसको परिणमको क्षेतिको जवाफदेहिता नगरप्रमुखले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


आज भएको उक्त कार्यक्रममा नेपाली काग्रेस ढोरपाटन नगर अध्यक्ष धन बहादुर कायतको अध्यक्षता,नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज चन्द्रलाल आर्यालको विज्ञप्तीमाथि प्रष्टिकरण र गोपाल महतको सञ्चालन रहेको थियो । साथै ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा सुरु भएको दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगितामा ६ राजनैतिक दलका नेता तथा कार्यकर्ताको उपस्थिति नरहने पनि नेताहरुले बताएका छन् ।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०७:४६
प्रतिक्रिया दिनुहोस्