६ राजनैतिक दल भन्छन नगरप्रमुखको कार्यशैली नसच्चिए आन्दोलन गर्ने,सत्तासिन एमाले भन्छ दलहरुले झुटको खेति गरे
बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न ६ राजनैतिक दलले विहिबार पत्रकार सम्मेलन गरि एक संयुक्त विज्ञप्ति जारि गरेका छन् । जारी विज्ञप्तिमा ढोरपाटन नगरपालिका र नगरप्रमुखको कार्यशैलीको विरोध तथा सञ्चालित गतिविधिहरु नरोकिए आन्दोलन गर्ने सम्मको चेतावनी दिएका थिए ।
सो विज्ञप्तिको प्रतिवाद सहित शुक्रबार नेकपा एमाले ढोरपाटन नगर कमिति संयोजक लक्ष्मण पुन मगरद्धारा हस्ताक्षेरित विज्ञप्ति निकालिएको छ । उक्त विज्ञप्तिमा स्थानिय ६ राजनैतिक दलबाट नेकपा एमालेको जिल्ला कमिति सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपालीलाई कपोलकल्पीत लान्छाना,अपुष्ट आरोप सहित प्रेषित गरिएको विज्ञप्तीमा नेकपा एमालेले आपत्ति प्रर्कट गर्दछ । साथै यस प्रकारको गलत र झुटको खेती तर्फ राजनैतिक दल र त्यका नेताहरु लाग्नु समाजमा भ्रम पैदा गर्नु निन्दनिय कार्य रहेको उल्लेख गरिएको छ ।
तमाम ढोरपाटन नगरबासी जनसमुदायको आर्कषणबाट आत्तिएर पराजित मानसिकताको उपज स्वरुप सो आरोपपुर्ण विज्ञप्ति निकालिएको उल्लेख गरिएको छ । लगाईएको आरोपमा कुनैपनि विषय तथ्यपर्ण नभएको ठहर सहित राजनैतिक दलले पुर्वाग्रही भावले हेर्दा समस्या उत्पर्न भएको पनि जनाएको छ ।
बिहिबार मात्र ढोरपाटन नगरपालिकामा रहेका राजनैतिक पार्टिहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी र जनता समाजवादी पार्टिका प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारि गरेका हुन् ।विज्ञप्तिमा, ढोरपाटन नगरपालिकाले, जनताको पीडा र मर्कालाई सम्बोधन गर्नुभन्दा आफ्नो निहित स्वार्थमा लागेको आरोप लगाएको छ । पार्टिका प्रतिनिधिहरुले जारि गरेको विज्ञप्तिमा ढोरपाटन नगरपालिकालाई देरभरकै भ्रष्ट पालिका भएको दलहरुको निष्कर्ष छ ।
नगरप्रमुखले जनताको रगत पसिनाबाट आर्जित वजेटलाई आफ्नो मनोमानी प्रयोग गरेको, स्थानीय तह सञ्चालन ऐन विपरित गतिविधिहरु गरेको, जनतालाई अनावश्यक प्रलोभन देखाएर कमजोर राजनैतिक चेतनाको फाईदा उठाएर पार्टि प्रवेश गराएको, मेला तथा पर्वको नाममा विना निर्णय ठूलो परिणममा बजेट निकासा गरेको, कुनै एक निहित संस्थालाई आफू चर्चित हुने मनाशयले नगरको स्रोत साधन दुरुपयोग गरेको दलहरुले आरोप लगाएका थिए ।
विज्ञप्ति जारि गर्ने दलका प्रतिनिधिहरुमा नेपाली काँग्रेसका ढोरपाटन नगर सभापति धनबहादुर कायत, माओवादी केन्द्रका अध्यक्ष भिम गौतम, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष हरिबहादुर घर्तिमगर, राष्ट्रिय जनमोर्चाका ढोरपाटन नगर उपाध्यक्ष तमबहादुर घर्ति, नेकपा क्रान्तिकारी माआोवादीका केन्द्रिय सदस्य निलबहादुर पुन र जनता समाजवादी पार्टिका ढोरपाटन नगर संयोजक गंगाबहादुर घर्तिमगर रहेका छन् ।
उनीहरुद्धारा जारि विज्ञप्तिमा, यस खालका गतिविधिहरु तत्काल सच्याउन नगरप्रमुख समक्ष उनीहरुको माग छ । नसच्चिए थप आचन्दोलन गर्ने भन्दै त्यसको परिणमको क्षेतिको जवाफदेहिता नगरप्रमुखले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो । आज एमाले पाटीको तर्फबाट प्रतिवाद स्वरुप विज्ञप्ति जारी गरि आम नेता कार्यकर्ता भ्रममा नपर्न आग्रह गरिएको छ ।
ढोरपाटन नगरपालिकामा विज्ञप्तिको दोहोरी चलेको देख्न सकिन्छ । यस प्रकारको जुहारीले नगरपालिकाका आम जनता दोधारमा देखिन्छन् । बेमौसमी वर्षातले आम कृषको धान बालीमा क्षेति पुगेको छ । तर राजनैतिक पाटीहरु कृषकलाई राहत र अन्य समस्या सामाधान भन्दा पनि आरोप प्रत्यारोपमा लाग्दा आम जनमानसमा राजनिति प्रति वितृषा बढेको छ ।












