दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पुर्णिमा मेलाको नगरप्रमुख नेपाली द्धारा उद्घाटन

दोस्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पुर्णिमा मेलाको नगरप्रमुख नेपाली द्धारा उद्घाटन
२०७८ कार्तिक ५ गते शुक्रबार ०८:२५

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपाली विधिवद्ध...

१० लाखको अक्षकोष स्थापना गर्ने उद्घोष

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपाली विधिवद्ध रुपमा कार्यक्रको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमा बोेल्र्दै नगरप्रमुख नेपालीले बुर्तिबाङ राईजिङ युवा क्लब यस क्षेत्रको एक धरोहर रहेको जनाउर्दै  आफ्नो व्यक्तिगत तर्फबाट रु १० लाखको अक्षकोष स्थापना गर्ने उद्घोस गर्नुभएको थियो । कोजाग्रत पुर्णिमा विगतका वर्षहरुमा पनि भब्य र सब्य तरिकाले हुदैँ आएकोमा गत वर्ष कोरोना भाईरले रोकेपनि यस वर्ष भब्य र सब्य तरिकाले नै सम्पर्न गरिने बताउनु भएको थियो ।

कार्यक्रममा ढोरपाटन १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, एमाले नेता बिर बहादुर विश्वकर्मा लगायतले मन्तब्य राख्नुभएको थियो ।बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । सबै राजनैतिक दल र नेताहरुलाई कार्यक्रमा निमन्त्रणा गरिएको भएपनि ढोरपाटन नगरपालिका स्थित ६ राजनैतिक दलले कार्यक्रमा नजाने भनी बिहिबार पत्रकार सम्मेलमा बताएका थिए ।

बिहिबारबाट सुरु भएको कार्यक्रममा खुल्ला पुरुष र महिला नगरपालिका स्तरीय मेयर रनिङ भलिबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य, खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन,रस्साकस्सा, महिला तथा पुरुष छेलो, र दोहोरीगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

बिहिबार पहिलो दिन खुल्ला एक्कल नृत्य प्रतियोगिता र सोलोबाईक रेस प्रतियोगिता सकिएको थियो । आजबाट सुरु भएको भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । आज भएको पहिलो म्याचमा निसीखोला सी र निसीखोला डि बिच भएको खेलमा निसीखोला सी र गलकोट ए र ढोरपाटन बि बिच भएको खेलमा गलकोट ए अघिल्लो चरणमा प्रवेश गरेको छ ।  बाकीँ प्रतियोगितात्मक कार्यक्रम शनिबार बिहान ८ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ५ गते शुक्रबार ०८:२५
प्रतिक्रिया दिनुहोस्