बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः पञ्चेबाजा प्रतियोगितामा पुर्कोट समुह प्रथम

बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः पञ्चेबाजा प्रतियोगितामा पुर्कोट समुह प्रथम
२०७८ कार्तिक ७ गते आईतबार ०७:२९

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको जारी रहेको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको जारी रहेको छ ।

बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रममा खुल्ला पुरुष र महिला नगरपालिका स्तरीय मेयर रनिङ भलिबल प्रतियोगिता,खुल्ला सामूहिक नृत्य, खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन,रस्साकस्सा, महिला तथा पुरुष छेलो, र दोहोरीगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

बिहिबार बाट सुरु भएको भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । शनिबार भएको म्याचमा. गलकोट नगरपालिका ए,गलकोट बि,ढोरपाटन ए,निसीखोला ए ,निसीखोला बि र बडिगाड ए अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

पञ्चेबाजा प्रतियोगितामा ३ टिमको सहभागिता रहेकोमा पुर्कोट समुह प्रथम,पोखरीधारा समुह द्धितिय र घोसाखानी समुह तृतिय भएका छन् ।
हरेक साझँ सास्कृतिक कार्यक्रम हुने गरेकोे र बाकीँ प्रतियोगितात्मक कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने आयोजकले बताएको छ । कार्यक्रम ११ गतेसम्म रहेने जनाईएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ७ गते आईतबार ०७:२९
प्रतिक्रिया दिनुहोस्